काठमाडौँ । काठमाडौँको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सौर्य एअरलाइन्सको विमान दुर्घटना भएको छ । दुर्घटनामा परी हालसम्म एक जनाको घाइते अवस्थामा उद्धार भएको छ भने बाँकी धेरैको अवस्था अज्ञात छ ।
नेपाल प्रहरीले काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी दीनेशराज मैनालीकाअनुसार मध्यान्न १२ः २५ बजेसम्मको घटना विवरण यस्तो छ ।
११ः१५ बजे (सौर्य एयरको बिमान पोखराको लागि उडान गर्ने क्रममा बुद्ध एयरको ह्याङ्गर पछाडी खाली ठाउँमा खस्नगई दुर्घटना भएको ।
११ः३४ बजे १ जना बर्ष ३७ को क्याप्टेन मनिष शाक्यलाई उद्धार गरी अस्पताल पठाइएको । उनको अवस्था बोल्न सक्ने, आँखामा चोट, थप आउन बाँकी ।
११ः४० विमानमा लागेको आगो नियन्त्रणमा आएको
११ः५० बजे सो एयरमा चालकदलका २ सदस्य सहित १९ जना रहेकोमा सबै सौर्य एयरकै स्टाफ रहेको खुलेको ।
१२ः२५ बजे १५ वटा सङ्कलित शवहरु त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको ।