नेभिगेशन
सबै कुरा

२१ वर्षअघि देखि सञ्चालनमा आएको थियो दुर्घटनामा परेकाे सौर्यको जहाज

काठमाडौँ । काठमाडौँको त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त भएको सौर्य एअरलाइन्सको जहाज करिब २ दशकअघि सञ्चालनमा आएको पाइएको छ । काठमाडाैँबाट पाेखरा उडान भर्ने क्रममा सौर्य एअरलाइन्सकाे 9N-AME CRJ 200 कलसाइन जहाज विमानस्थलमा दुर्घटनामा परेकाे हाे । 


जहाजहरुको विवरण दिने एअरफिल्ट्स डटकमका अनुसार सन् २००३ मा क्यानडाको बम्बार्डिअर एअरलाइन्सले पहिलोपटक सञ्चालनमा ल्याएको उक्त जहाज त्यसको १ महिनापछि अमेरिकाको एट्लान्टिक कोस्ट एअरलाइन्सले सञ्चालन गरेको थियो । 

त्यसको करिब डेढ वर्षपछि अर्थात सन् २००४ अगष्ट ४ देखि सोही जहाज अमेरिकाकै इन्डिपेन्डेन्स एअरलाइन्सले चलाएको थियो । करिब ३ वर्षपछि अर्थात सन् २००७ जुन १४ बाट उक्त जहाज नाइजेरियाको एरिक एअरलाइन्सले चलाएको थियो । 

सोही जहाज २००८ देखि दक्षिण अफ्रिकाको साउथ अफ्रिकन एक्स्प्रेस एअरवेजले सञ्चालन गरेको थियो भने उक्त जहाज २०१६ मा स्टोर गरिएको थियो ।  स्टोर भएको ५ महिनापछि उक्त जहाज नेपालको सौर्य एअरलाइन्सले खरिद गरेर सञ्चालनमा ल्याएको थियो । 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाटोमा चिप्लिएर दुईको मृत्यु

बाटोमा चिप्लिएर दुईको मृत्यु

नमोबुद्ध नगरपालिका–७ सिमडाँडाकी ५० वर्षीया एककुमारी राउतको घाँस बोकेर घर फर्किने क्रममा बाटोमा चिप्लिएर चोट लागेपछि उपचारका क्रममा मृत्यु भएको हो ।
गण्डकीका पहाडी भेगमा भारी वर्षा हुने पूर्वानुमान

गण्डकीका पहाडी भेगमा भारी वर्षा हुने पूर्वानुमान

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका धेरै स्थान तथा बाँकी प्रदेशका साथै तराई भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको...
भोटेकोसीमा भीषण बाढी

भोटेकोसीमा भीषण बाढी

नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईका अनुसार बाढीले जिल्लाको पैरेबेँसी, वेत्रावती, त्रिशूली, देवीघाटलगायत स्थानमा कटान गरेको छ । बाढी बस्तीतर्फ पनि पस्ने सक्ने भएकाले सुरक्षित रहन प्रशासनले...
संसदीय दल र सरकार फरक हो, राजीनामा दिन्नः मुख्यमन्त्री लामा

संसदीय दल र सरकार फरक हो, राजीनामा दिन्नः मुख्यमन्त्री लामा

मुख्यमन्त्री लामाले संविधान अनुरूप सरकारमा बहुमत भएमा संसदीय दलको नेता हुन नपर्ने बताउँदै आफ्नो राजीनामा अनिवार्य नभएको बताए ।