नेभिगेशन
सबै कुरा

कसरी दुर्घटनामा पर्यो सौर्य एयरलाइन्सको जहाज ?

काठमाडाैँ । बुधबार बिहान सौर्य एयरलाइन्सको 9N-AME CRJ 200 कलसाइन जहाज काठमाडौँको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पोखरातर्फ उडान भर्दै थियो । 

जहाज उडान भर्नको लागि ०२ धावनमार्ग अर्थात कोटेश्वरतर्फ पुग्यो । ट्राफिक कन्ट्रोलरले टेकअफको लागि अनुमति दिए । केही समयमै जहाजले धावनमार्ग छोड्यो । काँडाघारीतर्फबाट दुर्घटना देखेका प्रत्यक्षदर्शी गणेश थापाका अनुसार धावन मार्ग छोडेर उचाइ लिँदै गर्दा जहाज ढलपल ढलपल गरेर दाहिनेतर्फ मोडिएर भुईँमा बजारियो ।

Dish Home
Global Ime Bank


जहाज पहिला घाँसे मैदानमा बजारियो । अत्याधिक रफ्तारमा भुईँमा बजारिएको जहाज घिस्रिएर ट्याक्सी स्ट्यान्ड पार गर्यो । त्यसपछि एयर डाइनेस्टीको हेलिकोप्टर ह्याङ्गरमा ठोक्कियो । जहाजले ह्याङ्गरमा रहेको कन्टेनरमा ठक्कर दियो । 

सो क्रममा प्लेनको ककपिट सहितको अघिल्लो भाग उछिट्टिएर काँडाघारीको बाटो नजिकको खाल्डोमा खस्यो । प्लेनको पछिल्लो भाग अर्कोतर्फको खाल्डोमा पर्यो । यो सबै हुँदा जहाजमा दनदनी आगो लागिसकेको थियो । 

के कारण जहाज दुर्घटनामा पर्यो भन्ने खुलेको छैन । मौषम, अन्य कुनै बाह्य कारण पनि केही नदेखिएको र पाइलटसँग टेकअफको अनुमतिपछि थप कुनै संवाद नभएको नागरिक उड्ययन प्राधिकरणले बताएको छ । 

जहाजलाई सी–चेकका लागि पोखरा लैजान लागिएको थियो । यद्यपि जहाज बिग्रिएर वा खराबी आएर मर्मत गर्न लागिएको भने होइन । सी–चेक भनेको निश्चित घण्टा उडेपछि नियमित तालिका अनुसार गर्नुपर्ने प्राविधिक परीक्षण हो । 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता जसोदा सुवेदीका अनुसार पोखरामा सुविधा सम्पन्न ‘ह्याङ्गर’ भएका कारण सौर्य एयरलाइन्सको जहाज प्राविधिक परीक्षणका लागि आउन लागेको थियो । पोखरामा रहेको सुविधासम्पन्न ह्याङ्गरमा राखेर जहाज परीक्षण गर्न एयरलाइन्सका कर्मचारी र प्राविधिकहरू सोही जहाजबाट उडान भरेका थिए ।  

तर जहाज उडान भरेको केही सेकेन्डमै भुईँमा बजारियो । विमानमा सवार १८ जनाको शव सङ्कलन गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको छ । दुर्घटनामा मृत्यु हुनेको शव महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पठाइएको छ ।

विमानमा पाइलट मनिष शाक्य र को–पाइलट एस कटवाल रहेका थिए । पाइलट मनिष शाक्यको उद्धार गरेर केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

त्यसैगरी जहाजमा अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मनुराज शर्मा, अस्विन निरौला, सुदीपलाल जोशी, सर्वेश मरासैनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिज्जा खतिवडा ,अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पुण्यरत्न शाही र अर्का विदेशी नागरिक आरेफ रेडा सवार रहेका थिए । दुर्घटनामा पाइलट शाक्यबाहेकका सबैजनाको निधन भएको छ।   

साैर्य एअरलाइन्सकाे विमान दुर्घटनासँग सम्बन्धित समाचारहरु

त्रिभुवन विमानस्थलमा साैर्य एअरलाइन्सकाे जहाज दुर्घटना, विमानस्थलको आकाशमा धुवाँको मुस्लो

२१ वर्षअघि देखि सञ्चालनमा आएको थियो दुर्घटनामा परेकाे सौर्यको जहाज

दुर्घटनामा परेको जहाजमा सबैजना सौर्य एअरलाइन्सका कर्मचारी रहेको पुष्टि

सौर्य एअरलाइन्समा दुर्घटना: अहिलेसम्म के के भयाे ? सबै विवरण टाइमलाइनमा पढ्नुहोस्

दुर्घटनामा परेको सौर्य एअरलाइन्समा सवार थिए १८ नेपाली र एक विदेशी (नामावलीसहित)

सौर्य एअरलाइन्स दुर्घटनामा परी १८ जनाको मृत्यु पुष्टी, मृतक सबै एअरलाइन्सका कर्मचारी

आफ्नै विमान दुर्घटनामा परे सौर्य एअरलाइन्सका पाँच व्यवस्थापक, चार जनाकाे मृत्यु

‘विमानस्थल हातामै भएको दुर्घटनामा किन यति ठूलो मानवीय क्षति ?’

कसरी दुर्घटनामा पर्यो सौर्य एयरलाइन्सको जहाज ?

विमानस्थल सुरक्षा घेराको जाली तोडेर उद्धारमा जुटेका गणेशले दुर्घटनास्थलमा जे देखे (भिडियाे)

सौर्य एअरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय समिति गठन

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राजावादीको होहल्ला र रणनीति पूर्णरुपमा असफल भइसक्योः प्रचण्ड

राजावादीको होहल्ला र रणनीति पूर्णरुपमा असफल भइसक्योः प्रचण्ड

शनिबार काठमाडौंमा प्रेस सेन्टर नेपालको शपथग्रहण तथा पद हस्तान्तरण कार्यक्रममा बोल्दै प्रचण्डले चैत्र १५ गतेपछि राजावादीको होहल्ला र रणनीति पूर्णरुपमा असफल भइसकेको र गणतन्त्रबादी सफल भएको बताएका हुन्...
भेरी अस्पतालको मेडिकल स्टोरमा आगलागी : तीन करोड  बढीको क्षति 

भेरी अस्पतालको मेडिकल स्टोरमा आगलागी : तीन करोड  बढीको क्षति 

मेडिकल स्टोरभित्र राखिएको फ्रिजमा सर्ट सर्किट भइ आगलागी भएको अस्पतालले जनाएको छ ।
सुन्दर पर्यटकीय गाउँ घान्द्रुक (तस्विरहरु)

सुन्दर पर्यटकीय गाउँ घान्द्रुक (तस्विरहरु)

लमजुङको बेसीसहर, मनाङको ताल, चामे, मनाङ थोरङला भन्ज्याङ्ग पास गरेर मुत्तीनाथ, जोमसोम तातोपानी, घोरेपानी, घान्द्रुक हुँदै २१ दिनमा मात्र पर्यटक पोखरा आइपुग्थे । सडकको कारण २१ दिनको चक्रिय...
पूर्ण समानुपातिक निर्वाचन प्रणालीको अभ्यासमा तत्काल जुट्नुपर्छ : वामदेव गौतम

पूर्ण समानुपातिक निर्वाचन प्रणालीको अभ्यासमा तत्काल जुट्नुपर्छ : वामदेव गौतम

“राष्ट्रपति, प्रदेश प्रमुख र पालिका प्रमुख प्रत्यक्ष निर्वाचित हुनुपर्छ, अरू सबै पूर्ण समानुपातिकमा निर्वाचन प्रणालीमा जानुपर्छ, प्राप्त मतका आधारमा राजनीतिक पार्टीले व्यक्ति पठाउँछन्, प्रतिनिधिसभामा १५ जना सांसद भए...