नेभिगेशन
सबै कुरा

विमानस्थल सुरक्षा घेराको जाली तोडेर उद्धारमा जुटेका गणेशले दुर्घटनास्थलमा जे देखे (भिडियाे)

काठमाडाैँ । बुधबार बिहान ११ बजेको आसपास, काँडाघारीका गणेश थापा खाना खाएर हात धुन कौशीमा निस्किएका थिए । हात धुँदै  गर्दा उनको कानमा नजिकैबाट ठूलो विष्फोटको आवाज आयो । 

उनलाई गाडी पल्टिएको जस्तो लाग्यो । तर, एकैछिनमा धूवाँको मुस्लो देखियो । त्यसपछि उनी बाइक निकालेर धूवाँ निक्लेको ठाउँतिर निस्किए ।   

CG

‘म खाना खाएर हात घुनका लागि कौसीमा निस्केको थिएँ, एक्कासि बडेमानको आवाज आयो । मैले इन्धन बोकेको गाडी पल्टियो भन्ने ठानेँ । त्यसको ५/७ सेकेन्डमा त एकदमै ठूलो धूवाँको मुस्लो आकाशमा आइहाल्यो । सुरुमा मैले १०/१५ सेकेन्डको भिडियो खिचेँ । त्यति गर्दासम्म इन्धन बोकेको गाडी पल्टिएको हैन रहेछ भन्ने म यकिन भएँ किनकि बाटोमा गाडी चलिनै रहेको थियो । त्यसपछि अन्तर्राष्ट्रिय विमानस्थलमै केही भयो भनेर म एउटा सर्ट लगाएर पार्किङमा राखेको बाइक लिएर आगोको मुस्लो भएतिर निस्किँए,’ उनले घटनाको अनुभव सुनाए । 

आगोको मुस्लो निस्किएको ठाउँमा पुग्दा नजिकैको रोडमा मोटरसाइकलमा केही साथीहरू हिँडिरहेको तर पारीपट्टि दनदनी जहाज जलिरहेको थापा बताउँछन् । ‘पारीपट्टि दनदनी प्लेन जलिरहेको देखेँ । बारबाट भित्र जान सक्ने अवस्था थिएन, आगो भयङ्कर ठूलो लागिरहेको थियो,’ उनले भने । 


उद्धार गर्न सकिन्छ की भनेर उनीसहित केही साथीहरू मिलेर तारको जाली भत्काएको र दुर्घटनास्थलतर्फ गएको उनले बताए । भित्र पस्नासाथ केही मात्रामा मात्रै सुरक्षाकर्मीहरू देखेको उनी बताउँछन् । ‘केही समयपछि त्यहाँ जलेका लासहरू सुरक्षाकर्मीको सहयोगमा निकालेर हस्पिटल पठाइयो,’ थापाले भने । 

देशको सुविधा सम्पन्न विमानस्थल हातामै भएको दुर्घटनामा पनि यात्रुहरूलाई जोगाउन नसकेकोमा उनले दुःख व्यक्त गरे । 

साैर्य एअरलाइन्सकाे विमान दुर्घटनासँग सम्बन्धित समाचारहरु

  1. त्रिभुवन विमानस्थलमा साैर्य एअरलाइन्सकाे जहाज दुर्घटना, विमानस्थलको आकाशमा धुवाँको मुस्लो
  2. २१ वर्षअघि देखि सञ्चालनमा आएको थियो दुर्घटनामा परेकाे सौर्यको जहाज
  3. दुर्घटनामा परेको जहाजमा सबैजना सौर्य एअरलाइन्सका कर्मचारी रहेको पुष्टि 
  4. सौर्य एअरलाइन्समा दुर्घटना: अहिलेसम्म के के भयाे ? सबै विवरण टाइमलाइनमा पढ्नुहोस् 
  5. दुर्घटनामा परेको सौर्य एअरलाइन्समा सवार थिए १८ नेपाली र एक विदेशी (नामावलीसहित)
  6. सौर्य एअरलाइन्स दुर्घटनामा परी १८ जनाको मृत्यु पुष्टी, मृतक सबै एअरलाइन्सका कर्मचारी
  7. आफ्नै विमान दुर्घटनामा परे सौर्य एअरलाइन्सका पाँच व्यवस्थापक, चार जनाकाे मृत्यु 
  8. ‘विमानस्थल हातामै भएको दुर्घटनामा किन यति ठूलो मानवीय क्षति ?’
  9. कसरी दुर्घटनामा पर्यो सौर्य एयरलाइन्सको जहाज ? 
  10. विमानस्थल सुरक्षा घेराको जाली तोडेर उद्धारमा जुटेका गणेशले दुर्घटनास्थलमा जे देखे (भिडियाे)
  11. सौर्य एअरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय समिति गठन 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सङ्घ, प्रदेश र स्थानीय तहमा सामाजिक न्यायको हक लागू गर्न सर्वोच्वको निर्देशनात्मक आदेश

सङ्घ, प्रदेश र स्थानीय तहमा सामाजिक न्यायको हक लागू गर्न सर्वोच्वको निर्देशनात्मक आदेश

नेपालको संविधानको मौलिक हकअन्तर्गत धारा, ४२ को सामाजिक न्यायको हकमा आर्थिक, सामाजिक वा शैक्षिक दृष्टिले पछाडि परेका महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिम, पिछडा वर्ग, अल्पसङ्ख्यक, सीमान्तकृत,...
युएई सरकारद्वारा दुई सय ७६ नेपालीलाई आममाफी

युएई सरकारद्वारा दुई सय ७६ नेपालीलाई आममाफी

नेपाल सरकारले यस आममाफीलाई नेपाल र संयुक्त अरब इमिरेट्सबीच विद्यमान द्विपक्षीय सम्बन्धमा रहेको मैत्री, सद्भावना तथा सौहार्दताको प्रतीकका रूपमा लिँदै यूएई सरकारको यस मित्रवत् र मानवीय कदमको आइतबार...
विप्लव नेतृत्वको नेकपाद्वारा चूनाव केन्द्रीत प्रतिवद्धता पत्र सार्वजनिक

विप्लव नेतृत्वको नेकपाद्वारा चूनाव केन्द्रीत प्रतिवद्धता पत्र सार्वजनिक

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेकपा(माओवादी)ले चूनाव केन्द्रीत प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो । नेकपा(माओवादी) को प्रतिबद्धता पत्रमा प्रतिनिधि सभा र राष्ट्रिय सभालाई पूर्ण समानुपातिक बनाइने, न्याय प्रणालीमा...
प्रतिनिधिसभा निर्वाचनः प्रत्यक्षतर्फ एघार जिल्लाको मतपत्र छपाइ कार्य सम्पन्न

प्रतिनिधिसभा निर्वाचनः प्रत्यक्षतर्फ एघार जिल्लाको मतपत्र छपाइ कार्य सम्पन्न

प्रत्यक्षतर्फ सुदूरपश्चिमका तीन र कर्णालीका आठ गरी ११ जिल्लाको मतपत्र छपाइ सम्पन्न भई ढुवानीको प्रक्रिया सुरु गरिएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।