काठमाडाैँ । हिजो देखि परेको अविरल वर्षाका कारण कुलेश्वर क्षेत्र डुबानमा परेको छ।
बिहिबारदेखि परेको अविरल वर्षाले काठमाडौँ उपत्यका लगायत देशभरिको जनजीवन प्रभावित भएको छ । काठमाडौँ उपत्यकाका अधिकाशं नदीमा बाढी आएको छ । वर्षाका कारण बागमती, बिष्णुमती, धोविखोला, गोदावरी लगाएतका खोलानदीमा पनि बाढी आएको छ । बाढीका कारण टेकु दोभन छेउछाउका बस्ती डुवानमा परेको छ । अबको तीन दिन देशभर भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।