काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन आजबाट शुरु हुँदैछ । दुवै सदनको बैठक शुक्रवार दिउँसो १ बजेका लागि बोलाइएको छ ।
प्रतिनिधि सभाको आजको पहिलो बैठकको कार्यसूचीमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने छन् भने दलीय आधारमा नेताहरुले भनाई राख्ने छन् भने दुवै सदनमा सरकारका तर्फबाट ६ अध्यादेश पेश गर्ने कार्यसूची छ ।
यस्तै संघीय संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठकमा राष्ट्रपतिबाट प्राप्त विभिन्न पत्रहरु पढेर सुनाउने कार्यसूची रहेको छ ।
यस्तै विपक्षीदहरुले भने अध्यादेश पेश गर्ने नदिने बताएका छन् । संसदमा बोल्न दिने तर अध्यादेश पेश गर्न नदिने तयारी भएको नेताहरुले बताएका छन् ।