१३ असोज, सुर्खेत । वीरेन्द्रनगरको उषा बालवाटिका सेकेण्डरी स्कुलको होस्टेलमा ८ वर्षीय सलाम पुलामी मृत फेला परेका छन् ।
दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका २ का पुलामी वीरेन्द्रनगर नगरपालिका ६ घण्टाघर नजिक रहेको उषा बालवाटिका सेकेण्डरी स्कुलको कक्षामा २ मा अध्यनरत रहेका थिए ।
पुलामी शुक्रबार राति होस्टेलमा झुण्डिएको अवस्थामा फेला परेको सुर्खेत प्रहरीले जनाएको छ । घटना शंकास्पद भएको आफन्तले शव उठाउन मानेका छैनन् ।
आक्रोशित आफन्तले होस्टल बाहिर तोडफोड तथा आगजनि गरेका छन् । आफन्तहरु घटनाको छानबिन गर्नुपर्ने भन्दै तोडफोडमा उत्रिएपछि प्रहरीले अश्रु ग्याँससमेत प्रहार गरेको छ ।
घटना संवेदनशील भएको भन्दै प्रहरीले सञ्चालक समितिलाई नियन्त्रणमा लिएको र घटनाबारे अनुसन्धान भैरहेको जनाएको छ ।