गाउँकै अगुवा किसान, गाउँले एफएम दाइ

सिधाकुरा

दैलेख । नाबालकमै आमा गुमाएका दैलेख चामुण्डाविन्द्रासैनी नगरपालिका–९ का नगेन्द्र खड्का ५० वर्ष पुगे । गाउँमै व्यावसायिक सागसब्जीखेतीबाट वार्षिक रु पाँच–छ लाखसम्म आम्दानी गर्नुहुन्छ । खड्काले छ रोपनीमा व्यावसायिक सागसब्जीखेती गर्नुभएको छ । छोरा सागरको नाममा ‘सागर कृषि तथा पशुपक्षी फार्म’ दर्तागरी गाउँमै व्यावसायिक सागसब्जी लगाएका छन् ।

कलाकार पशुपति शर्मा र सीता केसीले गाएको गीतजस्तै भएको छ, खड्कालाई । मलाई अमेरिका यही, मलाई जापान पनि यही । गाउँका अधिकांश पुरुष रोजगारीका लागि मुग्लान र खाडी मुलुकमा गए पनि उनले गाउँमा नै तरकारी व्यवसाय गरेर आम्दानी गरेका छन् । उनले हाँस्दै भने, “ती कलाकारले मेरा लागि गीत गाएका हुन् कि क्या हो रु”

पालिकामा तरकारी सङ्कलन केन्द्र नहुँदा डोकोमा तरकारी बोकेर बिक्रीका लागि जम्बुकाँध बजार धाउनु उनको दिनचार्य नै बनेको छ । खड्का भन्छन्, “बजारमा पाइला टेक्नेबित्तिकै गाउँले एफएम दाइको, गाउँले तरकारी आयो है आयो, आफ्नै बारीमा फलाएको, अग्र्यानिक तरकारी, किन्नुहोस् भन्दै बजार–बजार डुल्दै चिच्याउनुहुन्छ ठट्यौली शैलीमा ।” उनको तरकारीप्रतिको यो लगाव देखेर गाउँका अधिकांश मानिसले सिको गर्न थालेका छन् ।

“सानै उमेरमा हिमाञ्चल गएँ, दुःख पाएँ । अब आफ्नै देशमा गएर केही काम गर्छु भन्ने लाग्यो । गाउँ फर्किएर तरकारी लगाएँ । म १४ वर्षकै उमेरमा विदेश ९भारत० मजदुरी गर्न गएका उनी आजभोलि गाउँकै अगुवा कृषक बनेका छन् । पहिला त मैले जहानपरिवारले खाने तरकारी फलाए त्यसपछि बिक्री हुन थालेपछि व्यावसायिक तरकारीखेतीतिर लागेको हुँ”, उनले भने । हाँसेर कुरा गर्ने उहाँको स्वभाव हो । दिनरात तरकारीबारीमा खटिएर उब्जाएको तरकारी बेच्न वरपर ठूलो बजार छैन । डौँसुर, बिन्द्रासैनी, जम्बुकाँधलगायत स्थानीय बजारका खुद्रा पसलमा डोकोमा तरकारी बोकेर पुर्याउँछु । “एकपटक ५५ केजी लिएर गएको रहेछु, बिक्रीपछि मात्र थाहा भयो, उनी भन्छन्, “बुुढो मुन्छे, डोको बोक्दा–बोक्दा थाप्लोका रौँ गइसके । केटाकेटीले बोकेर लगिदिन्नन्, क्यार्नु १”


श्रीमती (खजुरा) ले दुई भैँसी, एक हल गोरु र केही बाख्रा पालेर सघाएकी छन् । खड्काले गाईवस्तुका बाहेक अन्य मल प्रयोग गर्नु हुँदैन । चार सन्तानमध्ये जेठी छोरीको विवाह भइसक्यो । जेठाले १२ पास गरेर गाउँमै व्यापार गरिबसेका छन् । एक छोराले भर्खरै १८ महिने भेटेनरी कोर्ष पूरा गरे, एक छोरीले १२ कक्षा पास गरेकी छन् । “छोराछोरीलाई यतिसम्मको शिक्षादीक्षा मैले तरकारी बेचेरै दिएको छु,” उनले भने ।

‘गाउँले एफएम दाइ’

विस २०५८ तिर, डौँसुरमा खड्का सानो खुद्रा पसल थियो । पसलमा रेडियोबाट दैनिक समाचार सुन्नु र पसलमा सामान किन्न आएका मानिसलाई समाचार सुनाउनु उहाँकै दैनिकजस्तै थियो । त्यतिबेला जनयुद्ध उत्कर्षमा थियो । समाचारप्रति स्थानीयको चासो बढी थियो । रेडियो नेपाल, माओवादीले सञ्चालन गरेको रेडियो, नेपालगञ्जको वागीश्वरी एफएम, कैलाली टीकापुरको फूलबारी एफएम आदिबाट बज्ने समाचार गाउँलाई चर्को ‘भोल्युम’मा सुनाउने गरेको उनका छरछिमेकी बताउँछन् ।

“आज यो ठाउँमा यस्तो भीडन्त भयो, यति जनाको मृत्यु भयो, यति जना घाइते भए भनेर सबैलाई भन्थेँ, बीबीसी सुनेर विश्वका घटना पनि ज्ञान लिन्थे । त्यहीबेला माओवादीकै ‘रिवल’ले उहाँको नाम ‘गाउँले एफएम दाइ’ भनेर राखिदिनुभएछ, अहिले नगेन्द्र नामले होइन । उहाँले गाउँले एफएमदाई नामले परिचित छन् ।

खड्का लोकगीत र देउडामा रुचि उत्तिकै छ । “विस २०४३ मा रेडियो नेपालबाट चौतारी कार्यक्रम आउँथ्यो, जहाँ अहिलेका इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलसमेत ठाडीभाका गाउनुहुन्थ्यो, त्यही बेलादेखि मेरो रेडियोतर्फ र गीत–सङ्गीततर्फ लगाव रह्यो ।”

देउडा र लोकगीतमा उनको रुचि छ । केही वर्षअघि दैलेख, सुर्खेतबाट प्रसारण हुने धेरैजसो रेडियो कार्यक्रममा बोल्ने, गाउने गरे । गाउँले लबज र प्रष्ट आवाजमा गीत गाउने उनी स्रोतामाझ ‘नगेन्द्र खड्का गाउँले एफएम’ नामले चर्चित भएका छन् । अझै पनि उहाँको घरको बाहिर रेडियो झुन्डिएको हुन्छ । रेडियो सुन्दै बारीमा काम गर्छन् ।

बजार बुझेर उत्पादन गर्दा आम्दानी

बजारको माग बुझेर उत्पादन गर्दा आम्दानी आइहाल्छ । नत्र त्यत्तिकै तरकारी खेर जाने उनको भनाइ छ । विगत सम्झँदै खड्काले भन्नुभयो, “विसं २०७९ वैशाखमा मङ्सिरमा आमचुनाव हुन्छ । चुनावको प्रचारमा आउने कार्यकर्ताले तरकारी किन्छन भनेर बारीमा तरकारी लगाएँ । मङ्सिरमा मात्रै २० हजार बराबरको सिमी बिक्री भयो । निर्वाचनको अवधिमा छ क्विन्टल त बन्दा बेचे ।” उम्मेदवारलाई मैले उत्पादन गरेको सिमी र टमाटरको मालासमेत लगाइदिएको उनले जानकारी दिए ।

सिमी, काँक्रा, चिचिन्डोलगायत बीउ खड्का आफैँ उत्पादन गर्नुहुन्छ । “हाइब्रिड जातको बीउ भने पसलबाट खरिद गर्छु । विसं २०८० फागुन–चैतमा मात्र रु २५ हजार बराबरको चिचिन्डोका बेर्ना बिक्री गरेँ,” उनले भने, “म तरकारी कहिले बिक्री हुन्छ भन्ने बुझेर उत्पादन गर्छु, यसपालि दुई सय बोट काउली र त्यही अनुपातमा बन्दा लगाएको छु, राम्रै फलेको छ ।”

ठूला दुईवटा टनेलमा छ क्विन्टलजति गोलभेँडा तयार छन् । एउटा बोटमा तीन–चार केजीसम्म गोलभेँडा फलेको उनले खड्काले जानकारी दिनुभयो । उनले भने, “भर्खरै मात्र रु दुई हजार पाँचमा टमाटर बेचेर आएँ । अग्र्यानिक टमाटर हो यो, रु ६० केजीमा बिक्री भइरहेको छ ।”

कृषिसम्बन्धी तालिम लिएका खड्का घरमै कीटनाशक औषधि बनाउनुहुन्छ । मैले अहिलेसम्म तरकारीमा विषादी हालेको छैन । उनले भने, “अग्र्यानिक मल नै फालाफाल छ । बजारिया मल किन किन्नु, माटो बिगार्छ ।”

परम्परागत रूपमा खेती गर्दै आएका खड्काले अहिलेसम्म गैरसरकारी सङ्घसंस्थाको सहयोग पाए पनि राज्यबाट कुनै अनुदान वा पाएका छैनन् । मैले मेहनतले नै पुरस्कार पाएँ । उनका अनुसार राज्यले दिने करोडौँ अनुदान झोलामै तरकारी फलाउने र झोलामै बाख्रापालन गर्ने बिचौलियाले पाउँछन् । हामीजस्ता किसानले सरकारले दिने अनुदान पाए अधिकांश मानिस गाउँमै स्वरोजगार हुने थिए ।

तरकारीखेतीका लागि खड्कालाई सिँचाइको समस्या छ । एकपटक सेवक नामक संस्थाले उनलाई पाल दिएको थियो । पालको छानो राखी उनले बारीनजिकै पोखरी बनाउनुभएको छ । वरपर पानीको ठूलो मुहान नभएकाले सिँचाइको समस्या अझै छ ।

कक्षा ३ सम्म अध्ययन गरेका नगेन्द्र गाउँका अन्य किसानलाई तरकारी कसरी लगाउने ज्ञान बाँड्छन् । कसरी फलाउने भन्नेबारे अध्ययन गर्ने खड्काले चामुन्डाविन्द्रासैनी नगरपालिकाबाट प्रथम, दोस्रो र तेस्रो पुरस्कार पाएका थिए ।

हरेक मानिसका आ–आफ्ना सौख हुन्छन् । ती सौख पूरा गर्न मानिस लागिपरिरहेका हुन्छन् । कुनै बेला रेडियोप्रेमी खड्का आजभोलि टिकटकतिर मोडिएका छन् । कृषिबारे जानकारीमूलक भिडियो बनाएर उनले ‘नगेन्द्र खड्का ४४९’ नामक टिकटक आइडीबाट सेयर गर्छन् ।

प्रतिक्रिया

Sidhakura Investigation

साँखु केस : सिसिटिभी फुटेजले जन्माएकाे आशंका || SIDHAKURA INVESTIGATION || SIDHAKURA....

  • साँखु केस : सिसिटिभी फुटेजले जन्माएकाे आशंका || SIDHAKURA INVESTIGATION || SIDHAKURA....
  • मानव तस्क_रीमा एमालेका मन्त्री _ UML Minister Linked to Human Trafficking Allegations....
  • कांग्रेस-एमालेका दाता: मिनबहादुर । ओलीलाई दान, धनराजलाई धन || SIDHAKURA ||
  • मीनबहादुर-धनराजको ९२ लाखको अनुसन्धान रोकर एमालेलाई अर्बको उपहार || SIDHAKURA ||
  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

यसरी प*क्राउ परे मानव तस्क*रीको आ*रोप लागेका एमालेका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी ||....

  • यसरी प*क्राउ परे मानव तस्क*रीको आ*रोप लागेका एमालेका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी ||....
  • रविलाई साङ्गठनिक अपराधको मुद्दा किन ? || SIDHAKURA ||
  • तिहारको छेकोमा प्रयोगकर्तामाथि इन्ड्राइभको लुट धन्दा, तीन गुणासम्म असुल्यो शुल्क || SIDHAKURA....
  • दीपक मनाङेः कारागारदेखि कारागारसम्मको नालिबेली || DEEPAK MANANGE || SIDHAKURA ||
  • THE MANANG VALLEY || SIDHAKURA ||
  • 'रविविरुद्ध कांग्रेस एमाले राणा भन्दा पनि चर्को तानाशाही निस्किए' || SIDHAKURA ||
  • रविमाथिको प्रतिशोधको प्रतिकारमा रास्वपाका दुई कमाण्डर || DP ARYAL || SWORNIM WAGLE....
  • रविमाथि प्रतिशोधको विरोधमा जनता सडकमा || SIDHAKURA ||
  • रविको म्याद थप भएपछि अब आन्दोलन के हुन्छ ? || SIDHAKURA ||
  • जब 'मलाई बचाउनुस्' भन्दै सिधाकुरामा एक महिलाको फोन आयो... || SIDHAKURA ||
  • ५ सय ८० किलोमिटर यात्रा गरेर रविकाे लागि न्याय माग्न पोखरा आएका....
  • रविमाथि प्रतिशाेध, पुष्टिका आधार || SIDHAKURA ||
  • रविको पक्षमा सडकमा आए आमाहरु || SIDHAKURA ||
  • रवि लामिछाने प्रकरणमा इजलास भित्र के के भयो ? || SIDHAKURA ||
  • रवि पक्राउपछि दिनभर पोखरामा के भयो ? || SIDHAKURA ||
  • सुन तस्करीको अनुसन्धानमा लापरवाही गर्ने लाई उत्कृष्ट पुरस्कार ! || SIDHAKURA ||
  • फरार प्रहरी इन्सपेक्टर! हनिट्र-यापमा ३० लाखको डिल!
  • धर्मशालामा सरकारको हस्तक्षेप, बालेनको डोजर प्रहरीको कब्जामा || SIDHAKURA ||
  • कुलेश्वरमा किन लखेटिए उद्योगमन्त्री ? || Why Public Chase the Minister ?....
  • कुलमान हटाउन ओलीको अक्रो प्रयास, के छ स्पष्टीकरणमा ? || SIDHAKURA ||
  • दसैँमा घर जाने हो ? बसको टिकट छैन ! || SIDHAKURA ||
  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....

Current Affairs

हेटौँडामा खाद्यको कार्यक्रममा भ्रष्टाचार : चिया....

  • हेटौँडामा खाद्यको कार्यक्रममा भ्रष्टाचार : चिया खुवाएर चिकेन खाजा सेटको बिल भुक्तानी....
  • १५ दिनपछि के गर्छन् कुलमान घिसिङ् ?|| SIDHAKURA ||
  • बार्दलीबाट रविको गर्जन, 'थुनामा राख्दैमा बाघ स्याल हुँदैन’ || SIDHAKURA ||
  • दीपक मनाङ्गेलाई यसरी छिराइयो कारागार || Deepak Manange || SIDHAKURA ||
  • रवि लामिछानेलाई बयानका लागि सरकारी वकिलको कार्यालय रुपन्देही पुर्याइयो || SIDHAKURA ||
  • उर्जा मन्त्रालयको दृश्यः मन्त्री उठेर हिँडे, राज्यमन्त्रीले सचिवलाई बोल्न दिएनन् || SIDHAKURA....
  • हाइकमाण्डको हिरासतको छलफलमा रविले नेताहरुलाई के भने ? || SIDHAKURA ||
  • प्रधानमन्त्री कार्यालय नै भष्ट्राचारको मुल जरो || राज्य व्यवस्था समिति || SIDHAKURA....
  • पोखरामा रास्वपाले गरेको प्रदर्शनमा अश्रुग्यास प्रहार || SIDHAKURA ||
  • 'कानुनतः रविलाई थुन्न मिल्दैन...' : कानुनविद् डा. गान्धी पण्डित || SIDHAKURA ||
  • हिरासतमा के भन्छन् रवि ? || SIDHAKURA ||
  • अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमले मनायो महाकवि देवकोटाको जन्मजयन्ती || SIDHAKURA ||
  • विमानस्थलमा हजारौँ यात्रु अलपत्र || SIDHAKURA ||
  • उदयपुरको मौलीक देउसी भैलो || Deusi Bhailo || SIDHAKURA ||
  • ‘हाम्रा छोरा-छोरीहरु रवि-बालेनको समर्थनमा छन्, हामीले रोक्न सकेका छैनौं’ सञ्चारमन्त्री गुरुङ ||
  • Lights, Blessings, Action! Laxmi Puja at Sidhakura || सिधाकुरामा लक्ष्मी पूजा ||
  • प्रचण्डकाे छमछमी || Puspa Kamal Dahal "Prachanda" ||
  • कुकुर: आज्ञाकारी र रक्षक || SIDHAKURA ||
  • जसले दबाब दिएपनि बिजुलीको पैसा उठाएरै छोड्छु: कुलमान घिसिङ || SIDHAKURA ||
  • रोक्का राखेको ६० बोरा चामल गायब, खाद्य प्रविधि, सिडियो कार्यालय, पालिका र....
  • देश किन र कसरी डुब्यो जान्न मन भए सिंहदरबारको वैद्यखाना हेरे पुग्छ–....
  • 'यो देशमा रवि जस्ता राम्रो मान्छेलाई टिक्न दिँदैनन्, मदन भण्डारीलाई पनि यस्तै....
  • पक्राउ परेका नेताहरुलाई निशर्त रिहा नगरे घेरा तोड्ने रास्वपाको चेतावनी || SIDHAKURA....
  • रास्वपाको प्रदर्शन सुरुमै बालुवाटारमा धरपकड, फक्राउ परे नेताहरु || SIDHAKURA ||
  • प्रधानमन्त्रीले जग्गा दान लिनु भ्रष्टाचार हो, लिनेदिनेलाई नै कारवाही होस् || SIDHAKURA....