काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बिहिबारको संसद बैठकमा बाढीपहिरो तथा भुकम्पबाट क्षति पुगेकाहरुले राहत नपाएको बताएका छन् । जाजरकोट भुकम्प र काठमाडौँ वरपरका बाढीपिडितले उचित समयमा राहत नपाएको उनको भनाई छ ।
सांसद थापाले सरकारलाई बाढी, पहिरो र भुकम्प पीडितलाई उचित राहत उपलब्ध गराउने कुरामा भएको प्रगति संसदमा जानकारी गराउन पनि आग्रह गरे । यी विपत्तिमा एक खर्बभन्दा बढी रकम चाहिने अवस्था छ तर सरकारले २१ अर्ब हाराहारी रकम छुट्याएको छ । कसरी उनीहरुले राहत पाउँछन् रु’, थापाले प्रश्न गरे ।
सरकारले ल्याएको सामाजिक सञ्जाल नियमन विधेयकबारे चौतर्फी आलोचना भइरहेको बेला खुलेको संसदमा सो विषयमा भने गगन थापा मौन रहे । यसअघि केपी ओली सरकारले २०७७ सालमा सामाजिक सञ्जाल विधेयक ल्याउँदा अग्रपंत्तिमा रहेर विरोध गर्नेमा उनै थापा थिए ।