जनकपुरधाम । उपेन्द्र यादब नेतृत्वको जनता समाजवादी पार्टी बिभाजन भएसँगै मधेश सरकार ढल्ने भएको छ । सरकारबाट एमाले र माओवादी बाहिरिएसंगै मधेश सरकार अल्पमतमा परेको हो । १ सय ७ प्रदेशसभा सदस्यहरु मध्ये ६१ प्रदेशसभा सदस्यहरुको विश्वासको मत लिएर सरकार बनाएका मुख्यमन्त्री सरोजकुमार यादवको सरकार अल्पमतमा परेको हो ।
मधेस सरकार अल्पमतमा परेपछि जसपा नेपाल बाहेकका दलहरु नेकपा एमाले, माओवादी केन्द्र, जनमत र लोसपा मिलेर नयाँ सरकार बनाउने तयारीमा लागेका छ्न । केन्द्रीय समिकरण अनुसार दलहरुबिच आगामी सरकार निर्माणका लागि छलफल भएपछि मात्रै एमाले र माओवादी केन्द्र सरकारबाट बाहिरिएको बताइएको छ । बैठकमा मन्त्रालयको भागबण्डाको विषयमा समेत कुराकानी भएको स्रोतको दावी छ ।
सरकार अल्पमतमा परेपनि मुख्यमन्त्री यादवले बहुमत साबित गर्नका लागि अब ३० दिनको समय पाउने छन् । तर, माओवादी केन्द्रका मन्त्रीहरुले राजीनामा बुझाईसकेका छ्न भने एमालेले पनि सरकार छाड्ने निर्णय गरिसकेको छ ।