काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गतको फिस्लिङमा कार र ट्रक ठोक्किएका छन् । चितवनको इच्छाकामना गाउँपालिकामा पर्ने सो स्थानमा कारले ओभरटेक गर्ने क्रममा दुर्घटना भएको हो । दुर्घटनामा परि एक महिला घाइते भएकी छिन् ।
काठमाडौँबाट मुग्लिङतर्फ जाँदै गरेको बा.प.०३–००१ ख १७५४ नम्बरको ट्रकमा विपरित दिशाबाट ओभरटेक गरेर आएको बा.प.०१–०२७ च ४००० नम्बरको कार ठोक्किएको हो । तिव्र गतिमा ओभरटेक गर्ने क्रममा कार दुर्घटना भएको मुग्लिन प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि घाइते हुनेमा कारमा सवार ५० वर्षीया मायादेवी उपाध्याय रहेको प्रहरीले जनाएको छ । उनको उपचारका लागि भरतपुर अस्तपाल लगिएको बताइएको छ ।