नेभिगेशन
सबै कुरा

युएसएआइडी ‘अपराधी’ हो–मस्क, युएसएआइडीका नेताहरू ‘कट्टरपन्थी पागल’ हुन्– ट्रम्प

अर्बपति एलन मस्कले अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सीलाई आइतबार ‘आपराधिक सङ्गठन’ भनेका छन् । त्यस्तै राष्ट्रपति डोनाल्ड ट्रम्पले एजेन्सी ‘कट्टर पागलहरूद्वारा सञ्चालित’ भएको दाबी गर्दै यसको भविष्यबारे विचार गरिरहेको बताएका छन् । 

“युएसएआइडी एक आपराधिक सङ्गठन हो”, राष्ट्रपतिको सबैभन्दा शक्तिशाली समर्थक बनेका टेस्ला र स्पेसएक्सका अर्बपति मालिक मस्कले आफ्नो एक्स प्लेटफर्ममा युएसएआइडीलाई ‘दुष्ट सिआइए काम’ मा संलग्न भएको आरोप लगाउने भिडियोको जवाफ दिँदै लेखेका छन् । 

Global Ime Bank

त्यसपछिको पोस्टमा मस्कले कुनै प्रमाण नदिई आफ्ना २१ करोड ५० लाख एक्स फलोअर्सलाई सोधे, “के तपाईंलाई थाहा छ कि युएसएआइडीले तपाईंको कर डलर प्रयोग गरेर कोभिड–१९ लगायत जैविक हतियार अनुसन्धानलाई वित्त पोषित गर्यो, जसले लाखौँ मानिसको ज्यान लियो ?”

उनले यी आरोपहरूबारे थप व्याख्या गरेनन् । यसलाई अघिल्लो प्रशासनका अधिकारीहरूले रुसी दुष्प्रचार अभियानसँग जोडेका थिए ।

“युएसएआइडी कट्टरपन्थी पागलहरूद्वारा सञ्चालित छ र हामी तिनीहरूलाई बाहिर निकाल्दै छौँ” र त्यसपछि हामी (यसको भविष्यका बारेमा) निर्णय गर्नेछौँ”, ट्रम्पले विस्तृत विवरण नदिई आइतबार भने ।

उनले अर्बपति मस्कप्रति आफ्नो समर्थनलाई जोड दिँदै आइतबार राति पत्रकारहरूलाई भने, “मैले मस्कले राम्रो काम गरिरहेको महसुस गरेँ ।”

ट्रम्पले सुरुमा सबै सहायता खर्चलाई तीन महिनाका लागि रोके । यद्यपि उनले पछि खाद्यान्न र अन्य मानवीय सहायता जारी राख्न छुट दिए । सहायता कार्यकर्ताहरूले स्वतन्त्र एजेन्सीका रूपमा सङ्गठनको भविष्य सुनिश्चित नभएकोले अनिश्चितता छाएको बताएका छन् ।

कंग्रेसको एउटा ऐनद्वारा स्थापित स्वतन्त्र एजेन्सी युएसएआइडीले विश्वभर मानवीय राहत र विकास सहायताका लागि ४२ अर्ब ८० करोड डलरको बजेट व्यवस्थापन गर्दछ ।

अमेरिकास्थित सङ्गठनका एकजना वरिष्ठ अधिकारीले ‘आपत्कालीन’ सहायताको प्राथमिकतालाई वासिङ्टनले अरू कुनै पनि कुराका लागि कोष बन्द गर्ने व्यापक योजनाको हिस्सा भएको डर व्यक्त गरे ।

ट्रम्प युएसएआइडीलाई विदेश विभागमा राख्न चाहन्छन् भन्ने पनि खबर आएको छ । 

वासिङ्टन समयअनुसार सोमबार मध्यरातमा आफ्नो एक्स प्लेटफर्ममा आयोजित कुराकानीका क्रममा मस्कले भने, “हामी यसलाई (युएसएआइडी) बन्द गर्न सहमत भएका छौँ भनेर बुझ्दा हुन्छ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री ओली र तान्जानियाका उपराष्ट्रपति फिलिपबीच भेटवार्ता

प्रधानमन्त्री ओली र तान्जानियाका उपराष्ट्रपति फिलिपबीच भेटवार्ता

संयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेन्ट)चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा जाने क्रममा उनीहरुबिच कतारको दोहास्थित हमाद अन्तरराष्ट्रिय विमानस्थलमा भेटवार्ता भएको हो ।
९ जनाको हत्या अभियोगमा जापानमा एक व्यक्तिलाई मृत्युदण्ड

९ जनाको हत्या अभियोगमा जापानमा एक व्यक्तिलाई मृत्युदण्ड

शिराइसीलाई टोकियो हिरासत गृहमा गोप्य रूपमा फाँसी दिइएको थियो र मृत्युदण्ड सम्पन्न नभएसम्म केही पनि खुलासा गरिएको थिएन ।
दक्षिणपश्चिम चीनमा बाढीः दर्जनौँ गाउँ बगे, ८० हजारभन्दा बढी नागरिक विस्थापित

दक्षिणपश्चिम चीनमा बाढीः दर्जनौँ गाउँ बगे, ८० हजारभन्दा बढी नागरिक विस्थापित

दक्षिणपश्चिम चीनमा हालैका दिनहरूमा आएको भीषण बाढीका कारण ८० हजारभन्दा बढी मानिस विस्थापित भएका छन्। सरकारी सञ्चारमाध्यमका अनुसार, गुइझोउ प्रान्तमा मात्र करिब ८०,९०० जनालाई सुरक्षित स्थानमा सारिएको छ...
इजरायल र इरानद्वारा युद्धविराम स्वीकार

इजरायल र इरानद्वारा युद्धविराम स्वीकार

तेहरानले कतारमा रहेको अमेरिकी सैन्य बेसमा सीमित बदलामूलक मिसाइल आक्रमण गरेपछि इजरायल र इरानले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित युद्धविराम योजना स्वीकार गरेका छन् । युद्धविरामले मध्यपूर्वमा...