काठमाडौँ । पाथिभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा आज काठमाडौँमा वृहत प्रदर्शन हुँदैछ । पाथिभरामा नो केबलकार अभियानको आयोजनामा हुन लागेको उक्त प्रर्दशनमा लिम्बू र किरात समुदायका विभिन्न १० संस्था र ९ वटा राजनीतिक दलको सहभागिता रहने आयोजकहरूले जनाएका छन् । संयुक्त दबाबमूलक प्रदर्शन दिउँसो साढे १२ बजे सुरु हुने मुक्कुम्लुङ संयुक्त संघर्ष समिति मुक्कुम्लुङ केवलकार खारेजी संघर्ष समितिले जनाएको छ । गत माघ १२ गते भएको प्रदर्शनमा सरकारी पक्षले स्थानीयलाई गोली हानेको प्रकरणलाई सडक नाटक र कविताको माध्यमबाट माइतिघर मण्डलामा प्रदर्शन गरिने पनि आयोजकले जनाएको छ ।
केबलकार परियोजना विरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएको समूहले हिजो र आज अरुण पूर्वका ९ जिल्लामा बन्द घोषणा गरेका छन् । बन्दको पहिलो दिन आइतबार झापा र धरान केहीबेर तनावग्रस्त बनेको थियो । आज पनि बन्दका कारण जनजिवन प्रभावित भएको छ ।