काठमाडौं । इजरायलमाथि हमासको आक्रमणसँगै सुरु भएको युद्ध चार दिनका लागि रोक्ने सहमति भएको छ । युद्धमा बन्दक बनाइएकाहरुलाई रिहा गर्न ४ दिनका लागि मात्रै युद्धबिराम गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
युद्धबिराम सुरु भएसँगै हमास समूहले इजरायली क्षेत्रबाट कब्जामा लिएर बन्धक बनाएका करिब २०० मध्ये ५० जना र इजरायलले बन्धक बनाएका १५० जना प्यालेस्टिनी नागरिकलाई रिहा गर्ने सहमति भएको छ । इजरायलले पहिलो चरणमा बन्धक बनेको बालबालिका र महिलाहरुको उद्धार गर्ने जनाएको छ ।
बन्धक बनाइएकाहरुलाई रिहा गर्न भएको युद्धबिरामसँगै हमासको कब्जामा रहेको नेपाली विद्यार्थी विपिन जोशी रिहा हुने आशा पलाएको छ । तर तेलअबिब स्थित नेपाली दुतावासले भने अहिलेसम्म इजरायली सरकारले कोकोलाई रिहा गराउँछ भन्ने स्पष्ट नपारेको जनाएको छ । राजदुत कान्ता रिजालले इजरायली अधिकारीहरुसँग निरन्तर संवाद भैरहेपनि अहिले संख्या मात्रै तोकिएकाले विपिनको बारेमा केहि भन्न सकिने अवस्था नरहेको बताइन् ।
केहि दिन अघि इजरायली रक्षा बल आइडीएफले नेपाली विपिन जोशी र एक थाई नागरिकलाई हमासले बन्धक बनाएर अस्पताल पुर्याएको दृश्य भन्दै भिडियो सार्वजनिक गरेको थियो ।
गत २० असोज अर्थात, ७ अक्टोबरमा इजरायली भूमिबाट विपिन हमास समूहको कब्जामा परेका थिए ।