काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी भएका छन् ।
समितिमा आज एनसेलको शेयर खरिदबिक्री प्रकरणमा छलफल हुँदै छ । एनसेलको खरिद बिक्री प्रकरणमा सांसद अमरेशकुमार सिहंले निरन्तर प्रधानमन्त्री परिवार माथि आरोप लगाउँदै आएका छन् । यस विषयमा समेत प्रधानमन्त्रीले जवाफ दिने बताइएको छ ।