आइसिसी ट्वान्टी २० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले मलेसियाविरुद्ध पाचौँ विकेट लिएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदान भइरहेको खेलमा १४.४ ओभरमा गुल्सन झाको बलमा शैयद अजिज आउट भएका हुन् ।
यसअघि १३.६ ओभरमा कप्तान रोहितकुमार पौडेलको बलमा शर्भिन मुनिन्दा आउट हुँदा नेपालले चाैथाे विकेट लिएकाे थियाे भने १०.१ ओभरमा सन्दीप लामिछानेको बलमा विरन्दीप सिंह आउट हुँदा नेपालले तेस्राे विकेट हात पारेकाे थियाे । त्यस्तै दोस्रो विकेटका लागि ६.६ ओभरमा सन्दीप लामिछानेको बलमा अहम्मद फेज रन आउट भएका थिए भने ५.५ ओभरमा अविनाश बोहोराको बलमा अहमद जुबैदी जुल्किफ्ले आउट हुँदा नेपालले पहिलाे विकेट लिएकाे थियाे ।
आइसिसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले मलेसियाविरुद्ध टस हारेर पहिले बलिङ गरेको हो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने आजको खेल नेपाल लगातार दोस्रो जितको खोजीमा छ ।
सोमबार भएको पहिलो खेलमा नेपालले सिङ्गापुरलाई आठ विकेटले पराजित गरेको थियो । मलेसिया पनि नेपाललाई हराउँदै पहिलो जित निकाल्ने दाउमा छ । मलेसिया हिजो भएको पहिलो खेलमा ओमानसँग ३२ रनले पराजित भएको थियो ।
नेपालले आजको खेलमा कुनै खेलाडी परिवर्तन गरेको छैन । नेपालका दीपेन्द्रसिंह ऐरी खुट्टामा चोट लागेका कारण टोलीमा सहभागी छैनन् । दीपेन्द्रको स्थानमा विवेक यादवलाई निरन्तरता दिइएको छ ।
आजको खेलदमा नेपालको प्लेइङ ११ मा कप्तान रोहितकुमार पौडेल, आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा छन् ।