
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको वेबसाइट ह्याक भएको छ । अहिले स्वास्थ्य मन्त्रालयको वेबसाइटमा ह्याक बाइ क्याप्टेन स्मोकर३आर ले नोटिस राखेको देखिन्छ ।
ह्याकर समुहले स्वास्थ्यमन्त्री प्रदीप पौडेलकको नाम समेत परिवर्तन गरेर क्यापेटन स्मोकर३आर बनाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले समेत ह्याक भएको स्विकार गर्दै सूचना प्रविधि टिमले समस्या समाधान गर्न लागेको बताए ।