आईसीसी टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा नेपालले युएईविरुद्ध पहिलो विकेट लिएको छ ।
मुलपानी क्रिकेट मैदानमा भइरहेको खेलमा ३.१ ओभरमा सोमपाल कामीको बलमा खालिफ शाह आउट हुँदा नेपालले पहिलो विकेट हात पारेको हो ।
११ बजेदेखि सुरु भएको खेलमा युएईले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले बलिङ गरेको हो ।
आजको खेल जित्ने टोली आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने विश्वकपमा छनोट हुनेछ ।
अपराजित खेल खेलेको युएई आजको खेलमा पनि जित हात पार्ने दाउमा छ भने नेपालका लागि यो खेल झनै महत्त्वपूर्ण छ। किनकि नेपाललाई १० वर्षपछि टी–२० विश्वकपमा छनोट हुने अवसर छ।
त्यस्तै आजको खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ । टिममा सन्दिप जोराको स्थानमा दिपेन्द्र सिंह ऐरी खेल्दैछन् ।
दिपेन्द्र पहिलो खेलमा घाइते भएका थिए । समूह एको उपविजेता बनेको नेपालले समूह बीको विजेता यूएईलाई प्रतिद्धन्दीको रुपमा पाएको हो ।