काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले संसदमा थप परिस्कृत र परिपक्व हुने र पार्टीले जिम्मा लिएको मन्त्रालयमार्फत जनपक्षीय काम काा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । काठमाडौँका पार्टीले आयोजना गरिएको विशेष सम्बोधन कार्यक्रममा उनले सरकार, संसद र सांगठनिक मोर्चामा एकैसाथ अगाडि बढ्ने बताएका हुन् ।
‘बोल्ने मात्रै त हुन्, केही गर्न सक्दैनन् भन्ने भाष्य स्थापित गर्ने कोशिस भइरहेको थियो। प्रधानमन्त्रीले सरकारमा रास्वपाको उर्जा चाहियो भनेर भन्नुभयो। सर्तसहित सरकारमा गएका हौं।’ उपसभापति वाग्लेले भने, ‘काम गर्न नदिएको वा नसकेको दिन छोड्छौं। प्रश्न छन्। जवाफ कामले नै दिनु पर्छ । गृहमन्त्रीले फाइलहरु टकटक्याउन थाल्नु भएको छ। यो रफ्तार बढ्छ।’