
आज (सोमबार) संसद्का दुवै सदनका बैठक बस्दै छन्। संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र दउँसो सवा १ बजे राष्ट्रियसभा बैठक बस्नेछ।
प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस तथा अर्थमन्त्री विष्णु पौडेलले सुरक्षित कारोबार पहिलो संशोधन विधेयक २०८१ लाई छलफल र पारितका लागि प्रस्तुत गर्ने सम्भावित कार्यसूचि रहेको छ । भने राष्ट्रियसभाको बैठकमा मिडिया काउन्सिल विधेयक २०८० मा छलफल गरी पारित गर्ने कार्यसूची रहेको छ।