पूर्वकप्तानसमेत रहेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा अदालतले दुवै पक्षसँग बहस नोट माग्ने आदेश दिएको छ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश केशव घिमिरेको इजलासले दुवै पक्षसँग बहस नोट झिकाउने आदेश गरेको हो। इजलासले बिहिबारको पेसीमा बहस नै नगरी नोट झिकाउन आदेश दिएको हो । उक्त बहस नाेट मंसिर २२ सम्म माग्न आदेश दिइएपछि मंसिर २४ गतेलाई सन्दीपविरुद्ध अर्को पेसी तोकिएको छ ।
अदालतको आदेशपछि दुवै पक्षले बहस नोट बुझाएपछि मात्रै अर्को पेसीमा उनीविरुद्धको मुद्दाको फैसलाका लागि बहस हुनेछ ।
सन्दीपविरुद्ध एक किशोरीलाई बलात्कार गरेको अभियोग छ। ती किशोरीले गौशालाको एक होटलमा लगेर आफूलाई सन्दीपले पटक–पटक बलात्कार गरेको आरोपसहित २०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्।