काठमाडाैँ । अविरल वर्षाका कारण देशैभर आन्तरिक उडान प्रभावित भएकाे छ। शुक्रबार बिहानै देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट देशका विभिन्न स्थानका लागि तोकिएका अधिकांश उडान मौसमका कारण रद्द र ‘डिले’ भएकाे विमानस्थलले जनाएकाे छ । खराब मौसम तथा कम भिजिविलिटीका कारण उडानहरु प्रभावित भएको सूचना विमानस्थलले यात्रुहरुलाई उपलब्ध गराएकाे छ।
बुद्ध एअरले पनि आफ्नो नियमित उडानहरु प्रभावित भएकाे जनाएको छ । उक्त एअरका पश्चिममा धनगढी, नेपालगञ्ज तथा भैरहवा तथा पूर्वमा सिमरा र जनकपुरका उडानहरु सुचारु छन् भने अन्य गन्तव्यहरुमा उडान हुन सकेको छैन । आजको माउण्टेन फ्लाईटहरु पनि रद्द भएको सो कम्पनीले जनाएको छ ।
विमानस्थल प्रशासनका अनुसार शुकबार लुक्लाका लागि उडान भर्ने तालिकामा रहेका समिट एअरका ३ र सिता एअरका ४ उडान रद्द भएका छन भने तारा एअरको उडान पनि डिले भएको छ । त्यस्तै सुर्खेतका लागि उडान भर्ने तालिकामा रहेको श्री एअरलाइन्सको एक र भरतपुरका लागि उडान भर्ने बुद्ध एअरका २ उडान समेत खराब मौसमकै कारण रद्द भएका छन् ।
शुक्रबार विराटनगरका लागि उडान भर्ने यति यअरको १ उडान रद्द भएको छ । त्यस्तै पोखराका लागि उडान भर्ने यति एअरको १ र बुद्ध एअरका ३ उडान डिले भएका छन् भने भरतपुर उडान भर्ने बुद्धकै १ उडान डिले भएको छ ।
त्यस्तै दाङ उडान भर्ने नेपाल एअरलाइन्सको एक उडान समेत डिले भएको छ । शुक्रबार नेपालगञ्ज, जनकपुर र भैरहवामा मात्र उडान भएका छन् ।
बिहिबारदेखि परेको भारी वर्षाका कारण नेपाली आकाशको भिजिबिलिटिका कारण उडान प्रभावित भएका हुन् ।