गण्डकी । गण्डकी प्रदेश सरकारका वन तथा वातावरणमन्त्री राजीव गुरूङ(दिपक मनाङे)ले दिएको राजीनामा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वीकृत गरेका छन् । आज मन्त्रिपरिषद् हेरफेरका क्रममा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी सम्हालीरहेका गुरूङले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारीमा सारिएपछि राजीनामा दिएका थिए ।
गुरूङले परिवर्तित राजनीतिक घटनाक्रममा कारण राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरेका छन् । तर संचारकर्मीहरुसँग भने वन मन्त्रालयमा बजेट नभएकाले काम गर्न नसकिने भन्दै वन मन्त्रालय स्वीकार नगर्ने बताएका थिए ।
भौतिक मन्त्रालय खोसिएपछि दिपक मनाङेको राजिनामा, भन्छन् 'बजेटै नहुने मन्त्रालयमा के मन्त्री हुनु' ?
गुरूङ मनाङबाट स्वतन्त्र उम्मेदवारी दिएर प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।