पोखरा । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्रालय खोसेर वन मन्त्रालय दिएपछि गण्डकी प्रदेशका मन्त्री राजीव गुरुङ(दीपक मनाङे)ले सरकार छाड्ने भएका छन् ।
आइतबारको मन्त्रिपरिषद् बैठकले मन्त्रालय फुटाएर ९ पुर्याउँदै एमालेलाई पनि सरकारमा सहभागी गराएको थियो ।
एमालेका ४ मन्त्री सरकारमा सहभागी भएसँगै मनाङेले यस अघि सम्हालिरहेको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्रालय एमालेको भागमा परेको थियो ।
मनाङेले सम्हालेको मन्त्रालयमा एमालेबाट समानुपातिक सांसद रहेका प्रकाशबहादुर केसीलाई मन्त्री बनाएर पठाइएको छ ।
आज प्रदेश प्रमुखको कार्यालयमा भएको सपथग्रहण कार्यक्रममा सहभागी भएका मन्त्री मनाङेकै अघि एमालेका प्रकाशबहादुर केसीले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थ मन्त्रीकारुपमा सपथ लिएपछि मनाङे आक्रोशित हुँदै निस्किएका थिए ।
त्यस लगत्तै स्वकिय सचिव मार्फत मुख्यमन्त्रीको कार्यालयमा राजिनामा पठाएका थिए । मन्त्री मनाङेले पनि राजिनामा पठाएका स्विकार गरे । "वन मन्त्रालयमा बजेट पनि हुँदैन, काम पनि हुँदैन" मनाङेले भने "म काम देखाउने मान्छे हो, कामै नहुने मन्त्रालयमा के मन्त्री हुनु "?