काठमाडाैँ । प्रहरीले आफुलाई सिबिआई भन्दै भक्तपुरको दधिकोटमा २ करोड रुपैयाँ लुटपाटमा संलग्न भएको आरोपमा चार जना पक्राउ गरि सार्वजनिक गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार पत्रकार सम्मेलन गर्दै भक्तपुरको ददिकोटका डिल्लीराज राउतको घरमा लुटपाट गर्ने सिन्धुपाल्चोक घर भएका सुजन रसाइली, भीम बहादुर तामाङ, ओखलढुङ्गा भर भएका मुनाराज राई, सिन्धुपाल्चोक घर भएका कृष्णबहादुर बोहरालाई पक्राउ गरि सार्वजनिक गरेको हो । लुटपाटमा संलग्न कुलबहादुर खत्री भने फरार छन् । कुलबहादुरका भान्जा डिल्लीराज राउतको घरमा नगद रहेको जानकारी पाएपछि कुलबहादुरले नै लुटपाटको योजना बनाएको प्रहरीले जनाएको छ । लुटपाटका लागि कुलबहादुरले वैदेशीक रोजगारका जानका लागि काठमाडौँ आएका युवाहरुलाई प्रयोग गरेको खुलेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए ।
लुटपाटको रकम उनीहरुले बाँडफाँट समेत गरिसकेको र त्यसमध्ये केहि खर्च गरेको पाइएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुबाट ३६ लाख रुपैयाँ प्रहरीले बरामद गरेको छ ।