
विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेसको महाधिवेशन तोकिएको समयमा नै हुने बताएका छन् ।
शुक्रबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले महाधिवेशनको तयारी सुरु भईसकेको भन्दै तोकिएको समयमा नै सम्पन्न हुने बताएका हुन् । अधिवेशनको समयमा मात्र प्रतिस्पर्धा गर्ने प्रणाली विकास गर्न र अन्य समय पार्टी संगठन र अन्य जिम्मेवारी पूरा गर्नमा समय लगाउन नेता तथा कार्यकर्ताहरुलाई उनले आग्रह गरे ।
महामन्त्री थापाले एउटा दलले गरेको गलत कार्यबाट असन्तुष्ट हुनेले व्यवस्था भन्दा पनि अन्य दल रोज्न पाउने लोकतन्त्रको मुल्य मान्यतालाई आत्मसात गर्नुपर्ने धारणा राखे ।
उनले पछिल्लो पटक पूर्व राजाबाट आएको अभिव्यक्तिलाई लोकतन्त्रको गहनाका रुपमा लिएर राजनैतिक कर्ममा सुधार गरेर जवाफ दिनुपर्ने बताए ।
पार्र्टीर्भित्रैबाट सरकारको विरोध भईरहेको प्रश्नको जवाफमा महामन्त्री गगन थापाले सरकार विरुद्धको खबरदारीले सरकारलाई सुधार्न र गलत काम रोक्न मद्दत पुग्ने समेत बताए ।