काठमाडौँ। उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले आफूलाई नेपाली कांग्रेसले प्रधानमन्त्रीको प्रस्ताव गरेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेले आइतबार प्रतिनिधि सभा बैठकको विषेश समयमा बोल्दै उनले यस्तो खुलासा गरेका हुन् ।
उनले राजनीतिमा नैतिकता हुने भन्दै लामिछानेले प्रधानमन्त्री प्रस्ताव गर्नेबारे भने नखुलाउने बताए। ‘अहिले संसद्मा नैतिक रुपमा आफूलाई उपप्रधान एवम् गृहमन्त्री हुन नमिल्ने भनिएको छ’ लामिछानेले भने, ‘म गृहमन्त्री हुन नैतिक रूपले नमिल्ने भए प्रधानमन्त्री हुन कसरी मिल्थ्यो ? ’ बैठकमा बोल्दै लामिछानेले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई आफूलाई प्रधानमन्त्री अफर गरेको बारे संददमै प्रष्ट गर्न पार्न पनि आग्रह गरे ।