नेपाली सेनाले उमेर छानबिनको विषय अगाडि बढाएपछि वरिष्ठ उपरथी ताराध्वज पाण्डेले राजनीमा बुझाएका छन् ।
रथी बढुवा हुने प्रक्रियामा रहेका पाण्डेको उमेरलाई लिएर प्रश्न उठ्नु साथै अख्तियार दूरुपयोग अनुसन्धानमा समेत उजुरी परेपछि उनको उमेर छानबिन गर्न प्रधानसेनापति प्रभुराम शर्माको निर्देशनमा सैनिक मुख्यालयभित्रै बलाधिकृत रथी सीताराम खड्काको नेतृत्वमा छानबिन समिति गठन भएको थियो । उक्त छानबिन समितिको अध्ययनका क्रममा जन्ममितिमा कैफियत देखापरेपछि उनले उनले राजीनामा दिएका हुन् । उनले बुझाएको राजीनमा प्रमाणीकरणका लागि रक्षा मन्त्रालय पुगेको छ ।
पाण्डेको नागरिकता र शैक्षिक प्रमाणपत्रमा उल्लेख भएको जन्ममिति फरक फरक रहेको तथ्यहरु विभिन्न संचार माध्यममा प्रकासन तथा प्रसारण भएका थिए । त्यसैका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि उपरथी पाण्डेलाई छानबिन गर्न आयोगले मन्त्रालयलाई पत्र पठाएको हो ।
उनले आफ्नो वास्तविक जन्ममिति २३ मंसिर २०२३ बताउँदै आएका छन् तर उनको शैक्षिक प्रमाणपत्रमा भने उनको जन्ममिति १२ माघ २०२१ रहेको छ ।
पाण्डेको जन्ममिति १२ माघ २०२१ कायम हुँदा उनले १ वर्ष ९ महिना अघिनै अवकाश पाउनुपर्थ्यो । किनकि, उपरथीको अवकाशको उमेरहद ५७ वर्षको छ । तर उनले आफ्नो नागरिकतामा उमेर घटाएर उपरथीमा कार्यरत थिए । बाहिरको दस्ताबेज र उपरथी पाण्डेको भनाइ बाझिएपछि सेनाले छानबिन सुरु गरेको थियो।
छानबिन सुरु भएसँगै कारबाहीमा पर्ने डरले प्रधानसेनापति बन्ने रोलक्रममा रहेका उपरथि पाण्डेले पदबाट राजीनामा दिएका हुन् ।