काठमाडौं । टिभी प्रस्तोता सरिता श्रीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति पत्नि निकिता पौडेलबारे गलत प्रचार भएको बताएकी छिन् ।
मङ्गलबार सामाजिक सञ्जाल टिकटकमार्फत एक भिडियो सन्देश जारी गर्दै उनले पत्रपत्रिकामा आएका कुराहरूमा सत्यता नरहेको बताएकी हुन् । निकिता पौडैलबारे पत्रपत्रिकामा उनको खातामा करोडौँ रुपैयाँ जम्मा भएको कुरा पढ्न देख्न पाइयो,’ सरिताले भनेकि छिन्,‘मेरो साथी निकितालाई म नजिकबाट चिन्छु । उसले केही महिना अघि मात्रै आफूलाई कर्मचारीलाई तलब खुवाउन कठिन भएको भन्दै मसँग १० लाख ऋण मागेकी थिइन ।’
राजनीति गर्नेहरूसँग पैसा नहुने भन्दै आफ्नो आर्थिक अभावका कुरा निकिताले सुनाएको सरिताले भनेकी छिन् । आफू राजनीति नबुझ्ने भन्दै उनले निकितासँग पैसा नभएको कुरा आफूले बुझेको प्रस्ट्याइन् । ‘तलब खुवाउन पैसा नभएको भन्दै एक महिना समय मागेर निकिताले ऋण मागेकी थिइन,’ सरिता थप भन्छिन्, ‘खातामा करोडौँ करोड भएको साथी र टन्न एकाउन्टमा पैसा भएको साथीले मसँग किन पैसा माग्थ्यो होला र ?’
निकिता र आफ्नो पैसाको कुरा आन्तरिक विषय भए पनि अहिले उनीबारे पत्रपत्रिकामा भ्रमपूर्ण प्रचार गरेर पीडा दिइएको अवस्था मनमा कुरा राखेर निदाउनै नसक्ने भएपछि सार्वजनिक रुपमा आफूले बोलेको उनले प्रस्ट्याएकी छिन् । यो प्रकरणमा सही र गल न्यायलयकाले छुट्याउने भन्दै यो कुरा सार्वजनिक रुपमा भन्न बाध्य भएको सरिताले बताएकी छिन् । आफ्नो खाताको रकमबारे भ्रमपूर्ण प्रचार भएको भन्दै रवि पत्नी निकिताले पनि सामाजिक सञ्जाल फेसबुकबाट आपत्ति जनाएकी छिन् ।
सहकारी ठगी आरोपमा रास्वपा सभापति रवि लामिछानेलाई कात्तिक २ गते प्रहरीको पक्राउ गरेको थियो । उनीमाथिको अनुसन्धान प्रतिवेदन आइतबार कास्की प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । लामिछाने पक्राउलाई रास्वपा र माओवादी लगायतका दल र त्यसका नेताहरूले राजनीतिक प्रतिशोधको संज्ञ दिएका छन् ।