३१ भदाै - भारतले एसिया कप क्रिकेटको उपाधि जितेको छ ।
आइतबार भएको फाइनलमा सहआयोजक श्रीलंकालाई उसकै मैदानमा लज्जास्पद १० विकेटको हार चखाउँदै भारतले एसिया कप क्रिकेटको उपाधि उचालेको हो।
टस जितेर पहिले ब्याटिङमा उत्रिएको श्रीलंका १६ ओभरमै अलआउट हुँदा जम्मा ५० रन बनाएको थियो। जसलाई भारतले ६.१ ओभरमै भेट्टाएको हो।
भारतलाई जिताउने क्रममा बलिङतर्फ मोहम्मद सिराजले एकै ओभरमा ४ विकेट लिए भने समग्रमा उनले मात्र ६ विकेट लिएका थिए । त्यस्तै भारतिय खेलाडी हार्दिक पान्ड्याले ३ विकेट लिए। बुमराहले १ विकेट लिए ।
यसअघि भारत सन् १९८४, १९८८, १९९० र ९१, १९९५, २०१०, २०१६ र २०१८ मा च्याम्पियन बनेको थियो । श्रीलंका सन् १९८६, १९९७, २००४, २००८, २०१४ र २०२२ को च्याम्पियन टोली हो ।
यसपटकको एसिया कपमा नेपालले पनि सहभागिता जनाएको थियो । समूह ‘ए’ मा रहेको नेपाल पाकिस्तानसँग २ सय ३८ रन र भारतसँग १० विकेटले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको थियो ।