काठमाण्डौँ । काठमाण्डौँ उपत्यकासहित देशका अधिकांश ठाउँमा गर्मी बढेको छ । काठमाण्डौँको तापक्रम केही दिनयता ३१–३२ डिग्री सेल्सियससम्म पुगेको छ भने तराईका जिल्लामा ४०–४२ डिग्री सेल्सियससम्म पुगेको छ । बढ्दो गर्मीका कारणले हावा पनि तातो चलिरहेको छ । तातो हावाले वायु प्रदुषण हुने र यसले बालबालिका, वृद्धवृद्धा र बिरामीको श्वासप्रश्वासमा असर गर्ने चिकित्सकहरु बताउँछन् ।
गर्मीको बेला शरीरमा पानीको अभाव हुँदा स्वास्थ्य समस्या देखिने र डिहाइड्रेशन समेत हुनसक्ने चिकित्सकहरु बताउँछन् । गर्मीको समयमा पानीसँगै प्रशस्त पानी पाइने खर्बुजा, मेवा, गोलभेडा, मुला, गाजर जस्ता फलफूल र तरकारी खानुपर्ने विज्ञहरुको सुझाव छ ।