३ असोज, काठमाडौं । काठमाडौंको ररत्नपार्कबाट भक्तपुरको सूर्यविनायक चल्ने द्रुत बस सेवा आजदेखि सञ्चालनमा आएको छ । द्रुत बस सेवाले रत्नपार्कबाट ४५ मिनेटमै सूर्यविनायक पुर्याउने छ ।
आज उल्घाटन भएको द्रुत बसको सेवा सर्वसाधारणले भोलिबाट लिन पाउने छन् । द्रुत बसको छुट्टै भाडादर तोकिएको छैन । हाल चलिआएको भाडादरमै द्रुत बसको सेवा लिन सकिने छ ।
द्रुत बस कार्यालय समयमा मात्र चल्ने छ । बिहान ९ देखि ११ बजेसम्म र साँझ ४ बजेदेखि साँझ ६ बजेसम्म चल्ने छ । व्यवसायीहरुको सहकार्यमा २५ ओटा बस चल्ने छन् भने प्रति बसको क्षमता ३८ जना रहेको छ । यी बसहरुलाई जाम छल्नका लागि बिभिन्न चोकमा रहेका ट्राफिक प्रहरीले सहयोग गर्ने छन् ।
आज रन्तपार्कको शान्तिवाटिकामा कार्यक्रम आयोजना गरी द्रुत बस सेवाको सञ्चालन गरिएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको उद्घाटन गरेका हुन् ।