काठमाडाैँ : पछिल्लो एक सातादेखि नेपालगञ्जमा जारी कर्फ्यू र निषेधाज्ञा पूर्ण रुपमा हटाइएको छ ।
मंगलबार जिल्ला प्रशासन कार्यालय बाँकेले एक विज्ञप्ति जारी गर्दै कर्फ्यू र निषेधाज्ञा पूर्णरुपमा हटेको जानकारी गराएको हो ।
सामाजिक संजालमा लेखेको विषयलाई लिएर हिन्दु र मुस्लिम समुदायबीच तनाव बढेपछि जिल्ला सुरक्षा समितिको बैठकले अनिश्चितकालीन कर्फ्यु जारी गरेको थियो ।
पछिल्ला दिनहरुमा जिल्लाको शान्ति सुरक्षाको अवस्था सामान्य रहेको भन्दै २३ गते बिहान ४ बजेदेखि पूर्ण रुपमा कर्फ्यु र निषेधाज्ञा हटाइएको प्रशासनले जनाएको छ ।
यस्ताे छ प्रशासनले जारी गरेकाे विज्ञप्ती :