काठमाडौँ । सहकारी प्रकरणमा सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा रास्वपाले आज पनि पोखरामा विरोध प्रदर्शन गर्ने भएको छ । सभापति लामिछानेको पक्राउको विरोधमा रास्वपाले शनिबारदेखि लगातार प्रदर्शन गरिरहेको छ ।
पार्टीका उपसपभाति डोलप्रसाद (डीपी)अर्यालका अनुसार आज कात्तिक ६ गते मंगलबार दिउँसो १ः३० बजे पोखराको जिरो किमि भन्ने स्थानमा ‘राजनीतिक प्रतिशोधविरुद्धको ऐक्यबद्धताका लागि’ कार्यक्रम गरिने लागेको हो ।
लामिछानेले सहकारीको रकम गोरखा मिडिया ल्याउन कुनै भूमिका नदेखिएको सहकारी छानबिन समितिको प्रतिवेदनमा उल्लेख गरिएपनि मिडियामा आएको पैसा कार्यालय सञ्चालनमा खर्च गरेको विषयमा प्रहरीले उनलाई शुक्रबार पक्राउ गरेको थियो ।
लामिछाने ५ दिनदेखि कास्की प्रहरीको हिरासतमा छन् ।