केक, मफिन र ब्राउनिजमा हालेर गाँजा कारोबारः इन्स्टामा अर्डर,इन्ड्राइभबाट डेलीभरी

विष्णु ढुंगाना

काठमाडौँ । नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोमा एक महिनाअघि एउटा कच्चा सूचना आएको थियो ‘काठमाडौँका होस्टलमा बसेका युवा युवतीहरुमा गाँजा मिसाएर बनाइएको केक, ब्राउनी र मफिन डेलिभरी हुन्छ ।’

सामान्यतय उत्सव कार्यका लागि हिजो आज केक काट्ने प्रचलन निकै ब्यापक बनिरहेको छ । तर,त्यही केकमा गाँजा मिसाएर लागू औषध कारोबारको धन्दा चलाइएको सूचना प्रहरीका लागि पनि आफैँमा अनौठो थियो । तर, प्रहरीको लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले त्यही कच्चा सूचना पछ्याएर गरेको डेढ महिना लामो अनुसन्धानबाट इन्स्टाग्राममार्फत कारोबारी खोजेर राइड शेयरिङ एप इन्ड्रइभमार्फत केकमा गाँजा कारोबार गर्ने गरेको रहस्य उजागर गरेको छ । 

ब्यूरोका प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) गोबिन्द थपलियका अनुसार काठमाडौँ घट्टेकुलोका २६ वर्षिय विशन मानन्धरले एक वर्षदेखि यो धन्दा चलाइरहेका थिए । केकको व्यवसाय गरेको भनेर परिवारलाई समेत ढाँटेका उनले गाँजाका पारखीहरु इन्स्टाग्राम र फेसबुकबाट खोज्थे भने नेपालमा दर्ता नभएको राइड शेइरिङ प्लेटफर्म इन्ड्राइभमार्फत डेलिभरी गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको ब्यूरो प्रमुख थपलियाले बताए । मानन्धर पुतली सडकको एक क्याम्पसमा स्नातक पढ्दै गरेका बिद्यार्थी हुन् ।

भनिएको थियो प्रिमियम ब्राउनिज बेच्ने 

लागू औषध नियन्त्रण ब्यूरोकाअनुसार सन् २०२० मा इन्ष्टाग्राममा मानन्धरले बाम्ब डट ओङ्ग अण्डरस्कोर नेपाल नामक अकाण्ट खोलेका थिए । प्राइभेट राखिएको सो एकाण्टमा गाँजाका पारखीहरु मात्रै साथी रहेको अनुसन्धानमा खुलेको ब्यूरोले जनाएको छ । इन्स्टाग्राममा ६ वटा मात्रै पोष्ट गरिएको सो एकाण्टमा ६६५ जना फलोअर्स थिए । 


इन्स्टामा डिएम गरेर गाँजासहितको केक, मफिन र ब्राउनिजको माग भएपछि मानन्धरले त्यसैअनुसार घरमा वस्तु तयार गर्थे र माग भएको ठाउँमा इन्ड्राइभमार्फत डेलिभरी गरिदिन्थे । ‘इन्स्टामा डिएममार्फत गाँजासहितको केक माग भएपछि इन्ड्राइभमार्फत मानन्धर आफैँ पु¥याउन जान्थे,’ ब्यूरो प्रमु्ख थपलियाले भने, ‘गाँजासहितको केकको प्रयोगकर्ता होस्टलमा बसेका युवा–युवतीहरु रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।’ थपलियाकाअनुसार नेपालमा दर्ता भएको राइड शेयरिङमार्फत यि वस्तुको डेलिभरी हुँदा थाहा नपाउन भनेर इन्ड्राइभ प्रयोग गरेको देखिएको छ ।

केक बनाउने सामानसँगै भेटियो धुलो र कच्चा गाँजा 

प्रहरीले विशनले बिगत १ बर्षदेखि आफ्नै घरमा गाँजा मिसावट गरिएका केकका बिभिन्न प्रकारहरु बनाई अनलाईन डेलिभिरी मार्फत अवैध कारोवार सञ्चालन गरेको दाबी गरेको छ । विशनको घर खानतलासी गर्दा प्रहरीले गाँजाको धुलो १२१ ग्राम, तयारी अवस्थाको केकको झोल १७८ ग्राम, लागुऔषध गाँजा ३ केजी ७५४ ग्राम, सेतो रङको डिजिटल तराजु १, इलेक्ट्रिक ओभन १, ग्लोबल आईएमई बैंकको एटीएम कार्ड, अर्डरको सामान डेलिभरी गर्ने नीलो र रातो रङका हाते झोला लगाएतका वस्तु बरामद गरेको छ ।


गुलियोमा गाँजा, ३ पिस मफिनको ८ सय रुपैयाँ

पछिल्लो समय युवाहरुमा केक संस्कृति लोकप्रिय भएपछि तिनै वस्तुमा गाँजाको प्रयोग भएको पाइएको प्रहरीको प्रारम्भिक निश्कर्ष छ । सार्वजनिक ठाउँ वा अन्य स्थानमा सेवन गर्दा पनि शंका नहुने भएपछि केक, मफिन र ब्राउनिजमा गाँजाको प्रयोग गरेको हुनसक्ने एक अनुसन्धान अधिकृत बताउँछन् । ति अधिकारीकाअनुसार गुलियोमा गाँजाको प्रयोग गर्दा अधिक मात्रामा मात लाग्ने भनि प्रयोगकर्तामा सूचना प्रवाह भएको पनि पाइएको छ ।

ब्यूरोका प्रवक्ता प्रहरी उपरिक्षक एसपी चक्रबहादुर जोशीकाअनुसार प्लाष्टिकको एउटा बट्टामा ३ पिस मफिन प्याक गरिन्थ्यो । जसको मूल्य ८ सय रुपैयाँ तोकिएको थियो । केक पसलमा प्रतिथान ३० रुपैयाँ प्रतिगोटामा पाइने मफिन गाँजा प्रयोग गरेर बनाइँदा प्रतिथान झण्डै २६६ रुपैयाँमा बिक्रि गर्ने गरेको खुलेको छ । 

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....

  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....
  • पाइप काट्ने कैँचीले गो*य अङ्ग का*न खोजे, अनी आइरनले डामे | SUGAR....
  • सहकारी को १५ करोड ठ*गीमा धनराज: नक्कली डिभोर्सदेखि नक्कली साधारणसभा ? ||....
  • सहकारी ठगीमा धनराजको बयानः सहकारीकै कारण श्रीमतीले छोडी || SIDHAKURA ||
  • ‘श्री केश तेलको भ्रमपूर्ण प्रचारमा पूर्व राष्ट्रपति देखि प्रधानमन्त्री र कलाकारसमेत प्रयोग....
  • आशिष देउलाबाट या*ना भोगेका अर्का पीडितको बयान || SUGAR DADDY CASE ||....
  • मलाई ड्रिल मेसिन हानौँ कि आइरनले पोलौँ भने, मैले बाँच्ने आशमा आइरन....
  • सुगर ड्याडीको नकाावभित्र लुकेको अ*क*ल्पनीय अ*प*राध ! || SUGAR DADDY CASE ||....
  • होसियार ! 'फेसबुकका साथिले भारतमा बेचिदिए' || SIDHAKURA ||
  • पेटको अप्रेसन गर्दा चल्न छोड्यो चित्रप्रसादको खुट्टा, अस्पतालले लापरवाही गरेको आरोप ?....
  • बेल्जियममा बढ्दो चोरी, नेपालीहरुको घर टार्गेटमा || SIDHAKURA ||
  • नाडा अटो शो २०२४ : यस्ता छन् सबैभन्दा सस्ता र महंगा गाडी....
  • श्रीमति र छोरी बचाउन बुद्धको संघर्ष : छोरीको उपचार गर्दागर्दै श्रीमतिको मृगौलामा....
  • ओली र देउवाविरुद्ध ना*राबा*जी गर्नेहरु धमाधम पक्रा*उ || SIDHAKURA ||

Current Affairs

इन्द्रजात्रा विशेष कार्यक्रमा सहभागी हुन बसन्तपुरमा....

  • इन्द्रजात्रा विशेष कार्यक्रमा सहभागी हुन बसन्तपुरमा बालेन LIVE
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....
  • रास्वपा राष्ट्रिय भेलाबाट रवि लामिछाने LIVE
  • रविमाथि अनुसन्धान, अरुलाई चाहिँ उन्मुक्ति ? || SIDHAKURA ||
  • ७९ काे चुनाव निम्ता कार्ड थियाे ८४ काे चुनावमा देखाइदिन्छाैँ : रवि....
  • सबै शक्ति परिचालन गर्दा पनि रवि दाेषी देखिएनन् : शिशिर खनाल ||....
  • रवि निर्दोष भएपछि रास्वपा सांसद्हरुको प्रतिक्रिया || SIDHAKURA ||
  • निर्दोष भएपछि के भन्छन रवि लामिछाने ? || SIDHAKURA ||
  • सहकारीमा खाता, धितो, ऋणीदेखि सम्बन्ध बिच्छेद पनि फेक छन्ः संसदीय समिति संयोजक....
  • संसदीय छानबिन विशेष समितिको अन्तिम निष्कर्ष ‘सहकारी ठगीमा रवि लामिछाने निर्दोष’ ||....
  • 'सहकारीकाे रकम गाेरखा मिडियामा ल्याउने कार्यमा रवि लामिछानेको संलग्नता देखिएन' || SIDHAKURA....
  • प्रतिनिधिसभा बैठक LIVE
  • संसदमा हङ्गामा || SIDHAKURA ||
  • उपसभामुख इन्दिरा राना गलल व्यक्ति होइनन्, उनीप्रति गर्व छः रास्वपा || SIDHAKURA....
  • उपसभामुखलाई कारबाही गर्ने सोच्दै हुनुहुन्छ भने त्यो गल्ती हुन्छ, घातक हुन्छ :....
  • उपसभामुखलाई लक्षित गर्दै गोकुल बास्कोटा भने ‘म माथि प्रश्न उठ्दा मैले राजीनामा....
  • सहकारीको रकम ठगेको अरोपपछि धनराजले भने, ‘छानबिनका लागि तयार छु’ || SIDHAKURA....
  • नेतालाई गाली गरेको भिडियो शेयर गरेकै भरमा मुद्दा हालेपछि सोविता आक्रो*सित ||....
  • काँग्रेस र एमालेले सङ्ख्याका बलमा लोकतन्त्रमाथि धावा बोले सडकबाट प्रतिरोध हुन्छ :....
  • सहकारी ठगीमा कांग्रेसकै सांसद धनराज गुरुङविरुद्ध कांग्रेसले रोष्ट्रम घेराउ गर्छ गर्दैन ?गणेश....
  • भ्रष्टाचारका फाइलको अनुसन्धान गर्ने सरकारकाे छनक देखिएन : रवि लामिछाने || SIDHAKURA....
  • ढोरपाटनमा दुई सय ८० रोपनी जग्गा चक्लाबन्दी गरि स्याउ खेती || SIDHAKURA....
  • सरकारविरुद्ध अनावश्यक हल्ला फैलाउन खोजियाे: प्रधानमन्त्री ओली | Kp Sharma Oli |
  • रास्वपाको सफलता देखेर लखेट्ने काम भएको छ : डिपि अर्याल || SIDHAKURA....