नेभिगेशन
सबै कुरा

बहस नसकिएपछि पूर्वडिआइजी छबिलाल जोशी न्यायिक हिरासतमा


काठमाडौँ । कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी प्रकरणको मुद्दामा अदालत उपस्थित भएका पूर्वडिआइजी छबिलाल जोशीलाई न्यायिक हिरासतमा पठाइएको छ । जिल्ल अदालत काठमाडौँमा बहस नसकिएपछि उनलाई न्यायिक हिरासतमा पठाउने आदेश भएको हो । 

जोशीको मुद्दाको बयान तथा थुनछेक बहस न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासमा भएको थियो । उनी भद्रकालीस्थित काठमाडौँ प्रहरी परिसरको न्यायिक हिरासतमा रहने छन् । उनलाई सोमबार बिहान अदालत उपस्थित गराइनेछ । 

गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक रहेका जोशीविरुद्ध सहकारीको रकम अपचलन आरोपमा काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन आरोपमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । जसमा उनीसहित ३९ जनालाई प्रतिवादी बनाइएको छ । 

उनीहरुमाथि संगठित रुपमा ठगी गरेको अभियोगमा मुद्दा दायर भएको थियो । जोशी पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलसम्बन्धी मुद्दामा पनि ८८ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए । 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
काठमाडौँमा एमालेको जनप्रदर्शन (तस्बिरहरु)

काठमाडौँमा एमालेको जनप्रदर्शन (तस्बिरहरु)

नेकपा (एमाले) बागमती प्रदेश कमिटीले प्रतिनिधिसभाको पुनर्स्थापना र गणतन्त्रको रक्षाको लागि प्रतिगमन बिरुद्ध आज जनप्रदर्शन गरेको छ। सो र्याली भृकुटीमण्डपबाट सुरू भई भद्रकाली, सुन्धारा, रत्नपार्क हुँदै पुनः भृकुटीमण्डप...
मुग्लिन–पोखरा सडक दैनिक चार घण्टा बन्द गरेर  विजयपुरमा ‘ग्रीडर लन्चिङ’

मुग्लिन–पोखरा सडक दैनिक चार घण्टा बन्द गरेर  विजयपुरमा ‘ग्रीडर लन्चिङ’

मुग्लिन–पोखरा सडक योजना पश्चिम खण्डले विहान ०६ बजेदेखि ८ बजेसम्म र दिउसो १२ बजेदेखी २ बजेसम्म सडक बन्द हुने जनाएको छ ।
घरको ताला फोरेर सुनका गहना चोरी गर्ने पक्राउ

घरको ताला फोरेर सुनका गहना चोरी गर्ने पक्राउ

प्रहरी वृत्त बानेश्वरको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–३१ मध्ये बानेश्वरस्थित एक घरको कोठाको ताला फोरेर सुनका गरगहनासहित सामान चोरी गर्ने सिन्धुपाल्चोक घर भएका २० वर्षीय सागर विश्वकर्मालाई पक्राउ गरी...
मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई जना गम्भीर घाइते

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई जना गम्भीर घाइते

गए राति १०ः०० बजेको समयमा डण्डाबाट कावासोतीतर्फ जाँदै गरेको ना४३प ३४३६ नंको  मोटरसाइकललाई नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा तीन जना गम्भीर घाइते भएकोमा एक जनाको उपचारको क्रममा मृत्यु...