काठमाडौं । राष्ट्रियसभामा सीट बाँडफाँड टुंगो लगाउन सत्तारुढ चार दलको बैठक बालुवाटारमा चलिरहेको छ ।
शनिबार रिसाएर निस्कीएका नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल सहित नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस र जनता समाजवादी पार्टीका शीर्ष नेताहरु अहिले छलफलमा छन् ।
शनिबार बागमती र गण्डकी बाहेकका प्रदेशमा सीट बाँडफाँड टुगिंएपनि नेकपा एसले पनि भाग खोजेपछि अहिले बैठक बसेको नेपाली कांग्रेसका एक नेताले बताए ।