काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साना डिजिटल कारोबार गर्दा निस्शुल्क गर्न पहल गर्ने बताएका छन् ।
मोबाइल बैंकिङ ट्रान्सफर गर्दा लाग्ने शुल्क अत्यधिक भएको विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै प्रधानमन्त्री ओलीले सानो कारोबार निस्शुल्क गर्न सम्बन्धित अधिकारीसँग छलफल गर्ने फेसबुकमा लेखेका छन् । उनले
उनले फेसबुक पेजमा लेखेका छन्, ‘साना डिजिटल कारोबार गर्दा निस्शुल्क गर्ने विषयमा म सम्बन्धित अधिकारीसँग छलफल गर्दैछु । तपाईंहरुका समस्या सरकारलाई यसरी नै जानकारी गराउनुहोला । हामीलाई सधैं झकझकाउनुहोस् । सरकारले त्यसतर्फ काम गर्दै जानेछ ।’