काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको राजनीतिक प्रतिसोधविरुद्ध माइतिघरमा प्रदर्शन भएको छ । पार्टीनिकट युवा र केही स्वतन्त्र युवाहरु भेला भएर ‘राजनीतिक प्रतिशोध बन्द गर , रबि दाइलाई रिहा गर’ लगायतका माग राख्दै उनीहरुले प्रदर्शन गरेका हुन् । सहकारी रकम अपचलन प्रकरणमा सभापति लामिछानेलाई सरकारले नियोजित ढंगले पक्राउ गरेर हिरासत राखेको उनीहरुको आरोप छ ।
कास्की प्रहरी हिरासतमा अनुसन्धानका क्रममा रहेका लामिछानेलाई मंगलबार साँझ काठमाडौँ ल्याउने तयारी गरिएको छ ।