ढोरपाटन । बागलुङका गलकोट नगर अस्पताललाई विद्युतीय शवगृह उपलब्ध गराइएको छ । गलकोट नगरपालिका–६ नेपानेका झप्परबहादुर बस्नेतले बुबा वीरबहादुर र आमा मनकुमारीको स्मृतिमा विद्युतीय शवगृह सहयोग गरेका हुन् ।
बस्नेत परिवारले आठ लाख बढीको विद्युतीय शवगृह नगर अस्पताललाई सहयोग गरेको हो ।
गलकोट नगर अस्पतालका प्रमुख डा राजेश पौडेलले यसअघि विद्युतीय शवगृह नहुँदा अस्पतालको कामकाजमा बाधा पुग्ने गरेको बताए ।
पश्चिम बागलुङमै विद्युतीय शवगृह थिएन । यस्तो अवस्थामा शव धेरै दिनसम्म राख्न राख्न मुश्किल हुने गरेको थियो । डा पौडेलका अनुसार अहिले प्राप्त भएको विद्युतीय शवगृहमा दुईवटा शव राख्न सकिन्छ ।
पश्चिम बागलुङका छ पालिकाका स्वास्थ्य संस्थामा एउटा पनि विद्युतीय शवगृह छैन । सदरमुकामस्थित धौलागिरि अस्पतालमा शव राख्नुपर्ने बाध्यता थियो । यो खर्चिलो थियो ।