काठमाडौँ । आज काठमाडौँसहित मधेस प्रदेशका जिल्लाहरुमा वर्षा भैरहेको छ । नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव देखिएकाले बागमती र मधेस प्रदेशका जिल्लाहरुमा हल्लाका वर्षा भैरहेको जल तथा मौसम विभागले जनाएको छ ।
बागमतीका जिल्लाहरुमा आज बिहानबाट वर्षा सुरु भएपनि मधेसका जिल्लाहरुमा भने हिजोबाटै वर्षा भैरहेको छ ।
साथै कोशीका पहाडी जिल्ला र अन्य प्रदेशका पहाडी भू–भागमा समेत एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ ।
यस्तै हिमाल क्षेत्रमा भने हल्का हिमपातको सम्भावन देखिएको छ ।
आज रातिबाट भने कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ।