आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत सिंगापुरविरुद्ध नेपालले आठौँ विकेट लिएको छ ।
नेपालका तर्फबाट अविनाश बोहोराले १७.४ ओभरमा अनन्थ कृष्णलाई आउट गराउँदै आठाैँ विकेट दिलाएका हुन् । उनले १७.२ बलमा थिलिप ओममदुराई थिलापनलाई आउट गराउँदै सातौँ विकेट दिलाएका थिए ।
यसअघि करण केसीले १६.३ ओभरमा मनप्रित सिंहलाई आउट गराउँदै छैटौँ विकेट दिलाएका थिए । त्यस्तै उनले पहिलो ओभरको दोस्रो बलमा नै ओपनर आरित्रा दत्तालाई बोल्ड आउट गराउँदै पहिलो विकेट लिएका थिए ।
त्यस्तै सन्दीप लामिछानेले ६.५ओभरमा सुरेन्द्रन चन्द्रमोहनलाई आउट गराउँदै दोस्रो र १०.१ ओभरमा जनक प्रकाशलाई आउट गराउँदै पाचौँ विकेट दिलाएका थिए
त्यस्तै गुल्सन झाले ७.१ ओभरमा रोहन रेन्गाराजनलाई आउट गराउँदै तेस्रो र ७.५ ओभरमा चौथो विकेट दिलाएका थिए ।
हालसम्म करण केसी, सन्दीप लामिछाने, गुल्सन झा र अविनाश बोहोराले २/२ विकेट दिलाएर हालसम्म आठौँ विकेट दिलाएका छन् ।
टी–२० विश्वकप एसिया छनोटको पहिलो खेलअन्तर्गत त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सिंगापुरले टस जितेर ब्याटिङ रोजेको थियो । सिंगापुरका कप्तानले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका थिए।
समूह ‘ए’ अन्तर्गतको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भइरहेको छ।
त्रिकोणात्मक सिरिजको फाइनल खेलेका टोलीको एक खेलाडी ललित राजवंशीको स्थानमा आज भने सन्दीप लामिछानेले खेलेका छन्
आगामी टी-२० विश्वकपका लागि एसियाली क्षेत्रको यो अन्तिम छनोट प्रतियोगिता हो । यो प्रतियोगिताबाट दुईवटा राष्ट्र आगामी टी-२० विश्वकपमा छनोट हुनेछन् । आईसीसी टी-२० विश्वकपको नवौँ संस्करण सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रूपमा आयोजना हुँदैछ ।
नेपाल रहेको समूह ‘ए’ मा सिंगापुर, ओमान र मलेसिया छन्। समूह ‘बी’ मा यूएई, बहराइन, हङकङ र कुवेत छन्। समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्।