काठमाडौँ । १६ औं संस्करणको नाडा अटो शोमा करिव ८० प्रतिशत विद्धुतीय सवारी राखिएका छन् । मंगलवारदेखि सुरू भएको नाडा अटो शोमा इकोनोमिदेखि हाई क्लाससम्मका गाडीहरू प्रदर्शनी तथा बुकिड्ंग चलिरहेको छ । अटो शोमा अटोमोबाइल उद्योगभित्रको चारपांग्रे, दुईपांग्रे, सेमी कमर्सियल भेहिकल तथा कमर्सियल भेहिकल र अटो कम्पोनेन्टमा टायर, लुब्रिकेन्ट्स, ब्याट्री, हेल्मेट, स्पेयर पार्ट्स लगायत गरी १ सय ३० वटा स्टल राखिएको छ । यो संस्करणमा २४ वटा चारपांग्रे ब्रान्ड, १९ वटा दुई पांग्रे र १२ हल्का व्यावसायिक सवारी साधनका ब्रान्डहरु राखिएको छ । सोमा ३३ वटा लुब्रिकेन्ट्स, टायर, व्याट्री लगायतका कम्पनीहरु छन् । अटो शो १६ गतेसम्म चल्ने छ ।
मंसिर ८, २०८१ शनिबार |