बाढी, पहिरो बढ्नुमा मानवीय गतिविधि कति जिम्मेवार ?

सिधाकुरा

गण्डकी । मनसुनीयामको आखिरितिर भएको अधिक वर्षापछि निम्तिएको विपद्ले केही दिनयता मुलुक आक्रान्त छ । गृह मन्त्रालयका अनुसार बाढी, पहिरा र डुबानका घटनामा परी हालसम्म दुई सय २४ जनाको मृत्यु, २४ जना बेपत्ता, एक ५८ जना घाइते भएका छन् । भौतिक क्षतिको विवरण यकीन हुन सकिरहेको छैन । सडक, पुललगायत पूर्वाधार क्षेत्रमा रु २५ अर्बभन्दा बढीको नोक्सान पुगेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । 

विपद्का कारण घरबास गुमेपछि कैयौँ परिवार विस्थापित हुन बाध्य भएका छन् । बाढी, पहिराले ठाउँठाउँमा क्षतिग्रस्त बनेका राजमार्ग पूर्ववत् अवस्थामा फर्कन अझ केही समय लाग्ने देखिएको छ । चाडबाडको मुखमा सर्वसाधारणको आवातजावत सहज बन्न सकिरहेको छैन । यसबीच सरकारले मङ्गलबारदेखि बिहीबारसम्म तीन दिन राष्ट्रिय शोकको घोषणा गरेको छ । मनसुनी याममा वर्षा हुनु स्वाभाविक भए पनि यसपालिको वर्षापछि निम्तिएको अकल्पनीय विपद्कापछि मानवीय गतिविधि कति जिम्मेवार छन् त ? 

यो प्रश्नमा विज्ञहरूले पछिल्लो समय बाढीपहिराका घटना बढ्दै जानुमा प्राकृतिक मात्र नभई मानवीय कारण पनि दोषी रहेको औँल्याएका छन् । विपद् जोखिम न्यूनीकरण विज्ञ डा वसन्तराज अधिकारीले अव्यवस्थित विकास, प्रकृति दोहन आदि कारणले वातावरणीय सन्तुलन खल्बलिन गई विपद्जन्य घटना दोहोरीरहेको बताए । उनले केही दिनअघिको वर्षाले ल्याउने सम्भावित विपदबारे पूर्वसूचना र चेतावनी दिइए पनि राज्यका संयन्त्र र सर्वसाधारणले त्यसलाई गम्भीरतापूर्वक नलिएको बताए । 

“खोला छेउछाउ नबस्नु, रातिमा यात्रा नगनूु भनेर सरकारले नै सूचित त गरेको थियो, तर त्यसको संवेदनशीलतालाई हामीले कम बुझ्यौँ कि भन्ने लागेको छ”, उनले भने, “खोला किनारमा बस्ती नबसाउन त विज्ञहरुले नै पटकपटक सुझाउँदै आएका छन्, सरकारले पनि मापदण्ड बनाएको छ, तर त्यो समस्या अहिले पनि ज्यूँकात्यूँ छ ।” त्रिभुवन विश्वविद्यालय, इञ्जिनियरिङ अध्ययन संस्थानको विपद् अध्ययन केन्द्रका निर्देशकसमेत रहनुभएका डा अधिकारीले काठमाडौँ उपत्यकामा बाढी र डुबानका घटना हुनुमा नदी अतिक्रमण पनि एउटा कारकका रुपमा रहेको बताए । 

धेरै वर्षपछिको अधिक वर्षा र त्यहीँमाथि एकै ठाउँमा लगातार वर्षा हुँदा विपद्को जोखिम बढी हुने उनको भनाइ छ । काठमाडौँ उपत्यकामा ५४ वर्षयताकै अधिक वर्षा मापन हुनुले चरम मौसमी घटना बढ्दै गएको देखाएको डा अधिकारीले उल्लेख गरे । विविधतापूर्ण भौगोलिक अवस्थितिका कारण नेपालमा वर्षाले पु¥याउने क्षतिमा पनि भिन्नता देख्न सकिने उनको भनाइ छ । “नेपालको सबैभन्दा बढी पानी पर्ने ठाउँ कास्कीको लुम्ले हो, अब त्यहाँको भू–बनोटले वर्षालाई झेलिसक्यो, तर उसैगरी तराई या पूर्वी पहाडी जिल्लामा वर्षा भयो भने त्यसले बढी क्षति पु¥याउँछ ।”

डा अधिकारीले विकास आयोजनाका इञ्जिनियरिङ डिजाइनलाई ‘प्याराडाइम सिफ्ट’ गर्ने बेला भएको बताए । उनले पूर्वाधार निर्माण गर्दा जलवायु परिवर्तनमैत्री ढङ्गले काम गर्नुपर्ने बताए । “पहिले बनाएका सडक, पुलले अब थेग्न छाडिसके, वर्षा हुँदा पुलमाथिबाटै खोला बग्ने स्थिति आयो”, उनले भने, “परिवर्तित अवस्थाअनुसार विकासका कामलाई अगाडि बढाउनुपर्छ ।” जलवायु परिवर्तनको सबैभन्दा ठूलो असर नेपालको हिमालय क्षेत्रमा परेको र हिमताल विष्फोट, हिमपहिरो आदिले कुनै पनि बेला विपद् निम्तनसक्ने हुँदा तटीय क्षेत्रमा सजगता अपनाउनुपर्ने उनको भनाइ छ ।

पर्यावरणीय अध्यता कुलचन्द्र अर्यालले विकास गतिविधिमा वातावरणीय पक्षको बेवास्ता गर्दा वर्षाका कारण क्षति बढी भएको बताए । सडक निर्माण गर्दा भिरालो जमिनको संवेदनशीलतालाई खल्बलाएर जथाभावी डोजर चलाउँदा पहाडी भेगमा पहिराका घटना बढिरहेको उनले बताए । “बाढीमा पानी मात्र नभई अत्यधिक लेदो बगेको हुँदा त्यसले तल्लो तटीय क्षेत्रमा शृङ्खलाबद्ध रुपमा असर बढाउँदै लगेको देखिन्छ”, अर्यालले भने, “खोला तथा नदीमा भइरहेको उत्खननका कारण पनि लेदोको बहाव बढ्ने र नदीको सतह खल्बलिँदा बाढी अनियन्त्रित हुने गरेको छ ।”

पहाडी पाखामा सडक बनाउने नाममा बिनाअध्ययन मनपरी ढङ्गले भू–सतह खोतल्दा पहाडै बग्नेगरी ठूला पहिरा गइरहेको उनको भनाइ छ । अर्यालले हालैको वर्षा र त्यसले निम्ताएको विपद्मा मानवीय कृयाकलाप पनि जिम्मेवार रहेको बताए । दुई मौसमी प्रणालीको संयोजनबाट वर्षा भएको हुनाले यसलाई जलवायु परिवर्तनसँग जोडिहाल्न भने नमिल्ने उनले बताए । “आरीघोप्टे वर्षा हुनु मुनसुनी प्रकृया नै हो, तर यसबाट सिर्जित विपद्जन्य घटनामा मानवीय कारण पनि जोडिएको छ”, उनले भने । 

अर्यालले जलवायु परिवर्तनका कारण वर्षाको चक्रमा फेरबदल भने देखिन थालेको बताए । कम वर्षा र हिमपात हुने हिमाली क्षेत्रमा पछिल्लो समय अनपेक्षित रुपमा उच्च वर्षा हुँदा बाढी, पहिरोका घटना बढिरहेको उनको भनाइ छ । गत वर्ष मुस्ताङको कागबेनीमा आएको बाढीको घटना त्यसकै एक उदाहरण रहेको उनले बताए ।  

कमजोर भू–बनोट, वनस्पतिविहीन नाङ्गो र भिरालो जमिन भएकाले हिमाली क्षेत्रले वर्षा थेग्न नसक्ने र त्यसले बाढी, पहिरो तथा लेदो बग्ने समस्या निम्त्याउने अर्यालले बताए । जलवायु परिवर्तन र उष्णीकरणले नेपालको हिमालय क्षेत्रमा नकारात्मक असर पु¥याइरहेको उनले बताए ।  

हिमनदी र हिमतालकै कारण हिमाली भेगमा अप्रत्याशीत घटना हुनसक्नेमा विज्ञहरुको चिन्ता छ । “विश्वको औसत तामपान वृद्धिको दरभन्दा हिमालय क्षेत्रको तापमान वृद्धि बढी उच्च रहेको छ”, अर्यालले भने, “विश्वको औसत तापमान १ दशमलव ५ प्रतिशतले बढ्दा हिमालय क्षेत्रमा १ दशमलव ८ देखि दुई डिग्री सेल्सियससम्म बढ्ने अनुमान रहेको अध्ययनले देखाएको छ ।”

‘कालीगण्डकी बचाऔँ अभियान’का संयोजक आरके अदिप्त गिरीले बालुवा, गिटी उत्खननका नाममा नदीनालामाथि भइरहेको चरम दोहनले बाढी, पहिराका घटनामा सहयोगी भूमिका खेलेको बताए । गाउँघरमा चलिरहेको डोजेरे विकास प्रवृत्ति पनि प्रकृति र पर्यावरणका लागि हानिकारक सावित भइसकेको उनको भनाइ छ । गिरीले नदीनालामाथि भइरहेको मानवीय अतिक्रमण नरोक्ने हो भने मानवजाति र प्रकृतिमाथि नै सङ्कट निम्तने खतरा रहेको बताए । 

“नदीनाला धार्मिक, सांस्कृतिक, जैविक र प्राकृतिक विविधतासँगै मानिसको जीविकासँग पनि जोडिएका छन्, यिनलाई जोगाऔँ”, गिरीले भने, “नेपाल पर्वतीय संवेदनशीलता बोकेको भूगोलमा अवस्थित रहेकाले प्राकृतिक स्रोतको उचित सदुपयोग र व्यवस्थापन गर्नसकेमा मात्र विपद् न्यूनीकरण गर्न सकिन्छ ।”

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....

  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....
  • पाइप काट्ने कैँचीले गो*य अङ्ग का*न खोजे, अनी आइरनले डामे | SUGAR....
  • सहकारी को १५ करोड ठ*गीमा धनराज: नक्कली डिभोर्सदेखि नक्कली साधारणसभा ? ||....
  • सहकारी ठगीमा धनराजको बयानः सहकारीकै कारण श्रीमतीले छोडी || SIDHAKURA ||
  • ‘श्री केश तेलको भ्रमपूर्ण प्रचारमा पूर्व राष्ट्रपति देखि प्रधानमन्त्री र कलाकारसमेत प्रयोग....
  • आशिष देउलाबाट या*ना भोगेका अर्का पीडितको बयान || SUGAR DADDY CASE ||....
  • मलाई ड्रिल मेसिन हानौँ कि आइरनले पोलौँ भने, मैले बाँच्ने आशमा आइरन....
  • सुगर ड्याडीको नकाावभित्र लुकेको अ*क*ल्पनीय अ*प*राध ! || SUGAR DADDY CASE ||....
  • होसियार ! 'फेसबुकका साथिले भारतमा बेचिदिए' || SIDHAKURA ||
  • पेटको अप्रेसन गर्दा चल्न छोड्यो चित्रप्रसादको खुट्टा, अस्पतालले लापरवाही गरेको आरोप ?....
  • बेल्जियममा बढ्दो चोरी, नेपालीहरुको घर टार्गेटमा || SIDHAKURA ||
  • नाडा अटो शो २०२४ : यस्ता छन् सबैभन्दा सस्ता र महंगा गाडी....
  • श्रीमति र छोरी बचाउन बुद्धको संघर्ष : छोरीको उपचार गर्दागर्दै श्रीमतिको मृगौलामा....

Current Affairs

मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे....

  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....
  • रास्वपा राष्ट्रिय भेलाबाट रवि लामिछाने LIVE
  • रविमाथि अनुसन्धान, अरुलाई चाहिँ उन्मुक्ति ? || SIDHAKURA ||
  • ७९ काे चुनाव निम्ता कार्ड थियाे ८४ काे चुनावमा देखाइदिन्छाैँ : रवि....
  • सबै शक्ति परिचालन गर्दा पनि रवि दाेषी देखिएनन् : शिशिर खनाल ||....
  • रवि निर्दोष भएपछि रास्वपा सांसद्हरुको प्रतिक्रिया || SIDHAKURA ||
  • निर्दोष भएपछि के भन्छन रवि लामिछाने ? || SIDHAKURA ||
  • सहकारीमा खाता, धितो, ऋणीदेखि सम्बन्ध बिच्छेद पनि फेक छन्ः संसदीय समिति संयोजक....
  • संसदीय छानबिन विशेष समितिको अन्तिम निष्कर्ष ‘सहकारी ठगीमा रवि लामिछाने निर्दोष’ ||....
  • 'सहकारीकाे रकम गाेरखा मिडियामा ल्याउने कार्यमा रवि लामिछानेको संलग्नता देखिएन' || SIDHAKURA....
  • प्रतिनिधिसभा बैठक LIVE
  • संसदमा हङ्गामा || SIDHAKURA ||
  • उपसभामुख इन्दिरा राना गलल व्यक्ति होइनन्, उनीप्रति गर्व छः रास्वपा || SIDHAKURA....
  • उपसभामुखलाई कारबाही गर्ने सोच्दै हुनुहुन्छ भने त्यो गल्ती हुन्छ, घातक हुन्छ :....
  • उपसभामुखलाई लक्षित गर्दै गोकुल बास्कोटा भने ‘म माथि प्रश्न उठ्दा मैले राजीनामा....
  • सहकारीको रकम ठगेको अरोपपछि धनराजले भने, ‘छानबिनका लागि तयार छु’ || SIDHAKURA....
  • नेतालाई गाली गरेको भिडियो शेयर गरेकै भरमा मुद्दा हालेपछि सोविता आक्रो*सित ||....
  • काँग्रेस र एमालेले सङ्ख्याका बलमा लोकतन्त्रमाथि धावा बोले सडकबाट प्रतिरोध हुन्छ :....
  • सहकारी ठगीमा कांग्रेसकै सांसद धनराज गुरुङविरुद्ध कांग्रेसले रोष्ट्रम घेराउ गर्छ गर्दैन ?गणेश....