काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एनसेलको खरिद विक्री प्रकरण छानबिन गर्न बनाइएको समिति माथि प्रश्न उठाएका छन् । कतारमा रहेका लामिछानेले भिडियो सार्वजनिक गर्दै कसलाई जोगाउन एनसेलको संरक्षण गर्दै आएका व्यक्तिलाई नै छानबिन समितिको संयोजक बनाइयो भन्दै प्रश्न गरेका छन् ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भिडियो संवादमा जोडिने प्रयास गरेपनि नदिइएपछि फेसबुकबाटै समितिका सभापतिलाई प्रश्न राखेका छन् ।
लामिछानेले छानबिन समिति माथि प्रश्न गर्दै एनसेलको खरिद विक्रिमा साँच्चै छानबिन गर्ने भए ८ वर्ष अघि देखिकै कारोबार माथि छानबिन गर्न चुनौती दिएका छन् ।
साथै सरकारमा रहेका र बाहिर भएका ठुला दलका नेताहरुलेनै फेरी कर तिर्नु पर्दैन भनेर आश्वासन दिएको आशंका व्यक्त गरेका छन् ।