काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई एक मतदाताले खाली कागज देखाएर सहकारी ठग करार गर्न खोज्नेलाई मुद्दा हाल्न सुझाव दिएका छन् । चितवनको इच्चाकामना गाउँपालिकामा जारी सार्वजकि सुनुवाइको क्रममा एक व्यक्तिले कांग्रेस महामन्त्री गगन थापालाई लक्षित गर्दै लामछिानेलाई यस्तो सुझाव दिएका हुन् ।
ति सुझाव दिने व्यक्ति रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेको क्षेत्रका प्रकाश श्रेष्ठ हुन् । उनले सहकारी ठगेको प्रमाण भन्दै खाली कागज देखाएर संसद अवरुद्ध गर्नेले छानबिन समितिलाई प्रमाण दिन नसकेको बताए । ‘रवि लामिछानेले सहकारी ठगेको जसरी नै गरिमामय संसदमा घेराबन्दी गरेर , घोके फुलाइ फुलाई खाली कागज देखाएर, प्रमाण मसँग छ भनेर, संसदी छानबिकन समितिले तिमीसँग प्रमाण छ भने लेउ भन्दा खाली कागज देखाउने पात्रलाई किन मुद्दा हाल्नु हुन्न ?’ श्रेष्ठले भने, ‘तपाईँले अहिले त्यो खाली कागज देखाउने पात्रलाई मानहानीको मुद्दा हाल्नुभएन भने अन्य नेक मान्छेलाई अर्को पटक उसले फसाउन षडयन्त्र गर्न सक्छ । त्यसकारण हाम्रो आग्रह त्यो खाली कागज देखाउनेलाई मानहानीको मुद्दा हालियोस् ।’
उनले अन्य पार्टीका नेताहरुले वषौँसम्म केही नगरेको र रास्वपा आएके केही समयमै उल्लेख्य काम भएको बताउँदै गुनासो नरहेको बताए ।
जवफमा लामिछानले उनीहरु नै आफूलाई मुद्दा हाल्न अनेक उपाए खोजिरहेको बताए । साथै उनले सत्यको अगाडि कसैको केही नलाग्ने बताए ।
-
शिवेन्द्र कुमार यादव। 2 months agoत्यस्तो बिकाउ कथित न्यायालय जहाँ सर्वसाधारणको मुद्दा वर्षौंसम्म थन्किएर रहँदा नालायकहरूले कुनै फैसला दिन सक्दैनन् त्यहाँ न्याय पाउने आधार के? कसैप्रति पूर्वाग्रह नराखेको गलत मनसायले कुनै समाचार नछापेको जनताको पक्षमा सशक्त आवाज उठाउने सञ्चारकर्मीहरु माथि आफै मुद्दा दायर गरी निजलाई कैद र जरिवाना गर्ने तथा भ्रामक कपलकल्पित तथ्यहीन कसैको चरित्र हत्या गर्ने मानहानि गर्ने सञ्चार गृहलाई मुद्दा हाल्ने मात्र नभएर तिनीहरू माथि दायर गरिएको मुद्दा समेत हेर्न नसक्ने बिकाउमा रहेका कथित न्यायालय र न्यायमूर्तिबाट अलिकति पनि न्याय र निसाफ पाउने आधार तथ्य र प्रमाण के? नेपाली अदालतको मालिक कान्तिपुरमाथि हालिएको जस्तोसुकै मुद्दा बदर गरिदिने र हेर्ने आट समेत नराख्ने दलालहरूबाट जनता विश्वस्त हुने आधार तथ्य प्रमाण र कारण के?