काठमाडाेँ। धोबी खोला कोरिडोरको रातोपुल र कालोपुल बीचको खण्ड अहिले बेगम बेली फुल ढकमक्क फुलेका छन । धोबी खोला किनारको यो खण्डमा बिभिन्न रङ्गका बेगमबेली फुलेका छन । रङ्गिचङ्गी फुलेका बेगमबेलीले धोबी खोला किनार सुन्दर देखिएको छ । बसन्त ऋतुको यो समयमा बेगम बेली सङ्गै अन्य फुलहरुले खोला किनार सडक किनार हरु मनमोहक देखिन्छ । काठमाण्डौ महानगरले धोबी खोला सरसफाइ अभियान चलाएपछि खोलामा ठोस फोहोर कम भएका छन् ।
पुस २७, २०८१ शनिबार |