काठमाडौं शुक्रबार भएको बालकुमारी घटनामा लापरवाही गरेको भन्दै ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित गृह मन्त्रालय तानिएका छन् । यस्तै ललितपुरका प्रहरी प्रमुख एसएसपी शिद्धिविक्रम शाह पनि प्रहरी प्रधान कार्यालयमा तानिएका छन् ।
शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठ सहित बसेको सुरक्षा अधिकारीहरूको बैठकले उनीहरूलाई केन्द्रमा तानेको हो ।
यस्तै बैठकले शुक्रबार फिल्डमा खटिएका प्रहरी नायब उपरीक्षक, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाका पिएसओलाई पनि निलम्बन गर्ने निर्णय गरेको छ ।