नेभिगेशन
सबै कुरा

प्रहरीद्वारा युवकमाथि कुटपिट घटनाः छानबिन गर्न समिति गठन

काठमाडौँ । सामाजिक सञ्जालमा एक युवकमाथि एक प्रहरीले मरणासन्न हुनेगरि कुटपिट गरेको घटनाको छानबिन गर्न समिति गठन भएको छ । चितवनको भरतपुर महानगरपालिकाअन्तर्गतको बाइपास सडकखण्ड भएको उक्त कुटपिटको घटना छानबिन गर्न चितवन प्रहरीले डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।

सोमबार बिहानैदेखि सामाजिक सञ्जालमा बर्दीधारी प्रहरीले एक युवकलाई मरणासन्न हुनेगरि कुटपिट गरेको भिडियो भाइरल छ । भिडियोमा केही नेपाल प्रहरी चेकिङका क्रममा रहेको र सोही क्रममा एक युवकमाथि तिनै प्रहरीले कुटपिट गरेको देखिन्छ । 

Dish home
City Express

ती प्रहरीले युवकलाई ‘फोन गर्ने ?, माथिको पावर देखाउने ?’ भन्दै लात्ताले हानेको देखिन्छ भने ती युवक केही पर भाग्न खोज्छन् । युवकलाई पछ्याउँदै गएका प्रहरीले ती युवकमाथि लात्ता प्रहार गर्न छोड्दैनन् । एकछिनमा ती युवक भुइँमा लड्छन् तर पनि प्रहरीले भने उनीमाथि बुट बजार्न छोड्दैनन् । 

बर्दीमा रहेका प्रहरीबाट त्यो हदको क्रुरता देखाएको भन्दै सोमबार बिहानैबाट सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । 

चौतर्फी आलोचनापश्चात उक्त घटना छानबिनका लागि छानबिन समिति बनाइएको चितवन प्रहरी प्रमुख  एसपी गौतम मिश्रले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पाल्पामा कुटपिटबाट महिलाको हत्या

पाल्पामा कुटपिटबाट महिलाको हत्या

विश्वकर्माको कुटपिटबाट फूलमायाका श्रीमान ८२ वर्षीय प्रेमबहादुर जिसी घाइते भएको प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज पठाइएकामा थप उपचारका लागि लुम्बिनी सिटी अस्पताल बुटवल...
नक्खु कारागारबाट फरार कैदी सङ्खुवासभामा पक्राउ

नक्खु कारागारबाट फरार कैदी सङ्खुवासभामा पक्राउ

गत भदौ २३ र २४ गते देशव्यापी रूपमा भएको जेनजी आन्दोलनका क्रममा विश्वकर्मा नक्खु कारागारबाट फरार भएका थिए । फरारपछि उनी निरन्तर लुकीछिपी बस्दै आएको सूचनाका आधारमा जिल्ला...
गोली प्रहारबाट पुजारीको हत्या

गोली प्रहारबाट पुजारीको हत्या

गाउँको पूर्वतर्फ रहेको मन्दिरका पुजारी साह कुटी बनाएर एक्लै बस्दै आउनुभएको थियो । अज्ञात समूहले पुजारीलाई सडकमा निकालेर पिठ्युमा गोली प्रहार गरेका थिए ।
स्वरुप परिवर्तन गर्दै चलाइएका सयबढी मोटरसाइकल प्रहरी नियन्त्रण

स्वरुप परिवर्तन गर्दै चलाइएका सयबढी मोटरसाइकल प्रहरी नियन्त्रण

बिहीबार अभियान नै सञ्चाल गरेर स्वरुप परिवर्तनका साथै ध्वनी प्रदुषण गर्ने मोटरसाइकललाई नियन्त्रणमा लिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।