२७ भदौ, सुनसरी - एक अनुयायी बलात्कारको आरोप लागेका महायोगी सिद्ध बाबा भनिने कृष्णदास गिरीलाई सुनसरी जिल्ला अदालतले पुन: सफाइ दिएको छ ।
जिल्ला अदालत सुनसरीका न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले अभियोग दाबी नपुग्ने भन्दै बुधबार गिरीलाई सफाइ दिएको हो ।
यस अघि पनि उनलाई २०७७ मंसिर २२ गते जिल्ला अदालत सुनसरीका तत्कालीन न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सफाइ दिएको थियो । तर जिल्ला अदालत सुनसरीको फैसला उच्च अदालत विराटनगरले बदर गरिदिएको थियो । उच्च अदालतले बदर गरेसँगै सो मुद्दा पुन जिल्ला अदालतमा फर्किएको थियो ।
गिरीमाथि २०७६ मङ्सिर ११ गते एक महिला अनुयायीले आफू सिद्धबाबा द्वारा बलात्कृत भएको भन्दै जिल्ला प्रहरी कार्यालय सुनसरीमा जाहेरी दिएकी थिइन् ।
.